युएई । संयुक्त अरब एमिरेट्स (युएई)को आबुधावीमा रहेको नेपाली दुतावासले संविधान दिवस मनाएको छ । दुतावास भवनमा युएईमा सकृय नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा झंडोत्तोलन गरि दिवस मनाइएको हो । संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा दुतावासका कार्यवहाक राजदुत विशाल भट्टराईले संयुत्तरुपमा झंडोत्तोलन गरेका थिए ।
कार्यक्रममा एनआरएन युएईका अध्यक्ष विकास शाही, एनआरएनए अभियान्ता पासाङ शेर्पा , नेपाली समाज युएईका अध्यक्ष वेद प्रसाद अर्याल ,विभिन्न राजनीतिक दलका भातृ संगठनका प्रतिनिधि, लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागीहरुले संविधान र यसको कार्यनव्यनका बारेमा धारणा सहित शुभकामना आदान प्रदान गरेका थिए ।
संविधान दिवसको अवसरमा दुतावासले मंगलबार दुतावास भवनमा दिपावली गरेको थियो । यस्अघी नेपाली दुतावासले बिशेष कार्यक्रम मार्फत अन्तरास्ट्रिय समुदायको उपस्थितिमा ‘नेशनल डे’ कार्यक्रम गर्दै आएको थियो । पछिल्लो ४ बर्षयता भने बिभिन्न कारण देखाउदै कार्यक्रम हुन सकेको छैन ।
युएईमा यस्अघी कार्यबाहक राजदुतको नेत्रित्वमा समेत बिदेशी समुदायको उपस्थितिमा बिशेष कार्यक्रम गरिए पनि पूर्ण राजदुतको कार्यकालमा भने संविधान दिवसको कार्यक्रम हुन सकेको छैन ।यस्अघी कार्यबहाक राजदुत नेत्रबहादुर टन्डन र सागर प्रसाद फुयालले बिभिन्न देशका कुटनीतिज्ञहरुको उपस्थितिमा संविधान दिवस मनाएका थिए ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नवौ संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा भएकाले दुतावास भने बन्द छ ।



यो पनि पढ्नुहोस्।
आबुधावीमा रहेको नेपाली दुतावासमा दिपावली सहित संविधान दिवस मनाइदै