Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    मध्यपूर्व गतिविधि

    कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    उमाकान्त पाण्डे । चैत १, युएई – कुवेतमा भएको एउटै सडक दुर्घटनामा परी तीन जना नेपालीको मृत्‍यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीको दुर्घटना स्थलमै ज्यान गएको हो ।

    कुवेतको महाबुल्ला क्षेत्रमा मंगलवार विहान सडक छेउमा रहेका तीन नेपालीलाई हुकिएर आएको कारले ठक्कर दिदा ३ जनाको घटनास्थलमै ज्यान गएको त्यहा रहेको नेपाली दुतावासले पुष्टी गरेको छ ।  

    दुर्घटनामा परी ज्यान गुमाउने तीनै जनाको पहिचान खुलेको छ । ज्यान गुमाउनेमा लयती पन्चदेवल विनायक -५ आछामका सुरत बहादुर कठायत, सानो भर्याङ्ग, नागार्जून -२ काठमाण्डौंका सुजन कार्की र वेंगादवार -३ धनुषाका धिरज गुर्मछान मगर छन । मृतकहरु कुवेतको एउटै कम्पनीमा कार्यरत सहकर्मीहरु हुन । उनीहरु त्यहां रहेको पापाजोन कम्पनिमा कार्यरत रहेको नेपाल पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष राज मल्लले जानकारी दिए ।

    कुवेतकै हवालिमा बस्दै आएका सुजन र धिरज सोमवार राति रमादान सुरुभएको पुर्वसन्ध्यामा महाबुल्ला बस्ने साथि सुरतलाई भेट्न गएका थिए । उनीहरु दुबै जना बिहानै काममा जानका लागि निस्किएका थिए । कोठामा फर्किन लागेका साथीलाई बस चढाउन दुई साथीहरु सहित सुरत समेत बाहिर निस्किएका थिए ।

    गाढी चढाउन भन्दै सोही समयमा सडकमा सुरत सहित तिनै जनालाई एक स्थानिय नागरिकले हुइकाएर चलाएको कारले ठक्कर दिदा तिनै जनाको घटना स्थलमै निधन भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतकहरुको शवलाई पोष्टमार्टमका लागि फरवानिया अस्पतालमा राखिएको स्थानीय प्रशाशनले जनाएको छ ।  

    नेपाली दुतावास कुवेतका प्रथम सचिव तथा सुचना अधिकारी प्रेमराज गौतमले टेलिफोनमा घटनाको पुष्टी गर्दै दुर्घटनाको जानकारी पाए लग्गत्तै दुतावासले आवश्यक प्रकृया अगाडी बढाई परिवार तथा कम्पनी सँग नीयमित सम्पर्कमा रहेको र मृतकका शवहरु नेपाल पठाउने तथा विमा बापतका लागि पहल गरिरहेको बताए । 

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि

    2 Comments

    1. Pingback: कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online

    2. iGlEryMoQHUYS on April 18, 2024 8:19 am

      hGklmUBP

      Reply

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.