Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    मध्यपूर्व गतिविधि

    ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । युएईमा सकृय सामाजिक सस्था ताप्लेजुङ सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न भएको छ । दुबईमा सकृय संघसस्थाका प्रतिनिधि र ताप्लेजुङ बासी नेपालीको उपस्थितिमा कार्यक्रम भएको हो ।

    नेपाली नयाँबर्ष वि.स. ०८१ को अवसर पारेर गएको आईतबार (अप्रिल २१)का दिन शुभकामना आदान-प्रदान सहित दुबईको क्रीक पार्कमा बृहत् बनभोज कार्यक्रम सभ्य र भव्य रुपमा सम्पन्न भएको सस्थाले जनाएको छ ।

    काभ्रे सेवा समाज युएईका उपाध्यक्ष चन्द्र योन्जनको प्रमुख आतिथ्यता, किरात याक्थुङ चुम्लुङ युएईका अध्यक्ष कमल लावती, पथरी शनीस्चरे समाजका अध्यक्ष दिल राई,गौ संरक्षण समाजका प्रतिनिधी,किराँत धर्म तथा साहित्य उत्थान संघ युएईका अध्यक्ष शिवरात्री नाल्बो, युमासाम्यो महासभा युएईका बरिष्ठ उपाध्यक्ष गोविन्द कुमार लुम्फुङ्वा, थुप्पुको थेबे समाज यूएईका प्रतिनिधि मुना थेबे,संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रतिनिधि कुमारशंकरको बिशेष आतिथ्यतामा भएको कार्यक्रम समाजका महासचिव बुद्ध लिङ्गदेनले औपचारिक रुपमा कार्यक्रम सन्चालन गरेका थिए । कार्यक्रमको सभापतित्व ताप्लेजुङ समाज यूएईका अध्यक्ष लोकेन्द्र पालुङ्वाले गरेका थिए ।

    कार्यक्रममा ताप्लेजुङ समाज सेवा युएईका प्रथम उपाध्यक्ष मिलन थेबेको स्वागत तथा काभ्रे सेवा समाज यूएईका महासचिव घ्यान्सो लामाले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संघीय लिम्बुवान सामाजिक मञ्च युएईका प्रतिनिधि कुमार शंकर,ताप्लेजुङ सेवा समाज युएईका सल्लाहकार डम्बर लिवाङबाट, प्रमुख अतिथि चन्द्र योन्जन लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

    कार्यक्रममा सबैभन्दा बढी पाहुना सहभागी गराएको भन्दै समाजकी सदस्य निर्मला मेन्याङबोलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। कार्यक्रमका सभापति पालुङ्वाले बनभोज कार्यक्रममा उपस्थितलाई धन्यवाद दिदै नयाँबर्ष २०८१ सालको शुभकामना दिएर औपचारिक कार्यक्रमलाई अन्त्य गरेका हुन ।

    बनभोजको कार्यक्रमको लागि यातायात सेवा र प्राबिधिक क्षेत्रमा नन्द यक्साे, पोवाे थेवे, मिलन थेबे, पवन माबो लगयातले मुख्य भूमिका निर्बाह गरेको समाजले जनाएको छ भने , फोटोग्राफिमा रामकुमार कुरुङ्बाङले योगदान दिएका थिए ।

    कार्यक्रममा बिभिन्न स्वादिष्ट जल-पान, नास्ता नेपाली स्वादको खानाको ब्यबस्था गरिएको थियो । ताप्लेजुङ्गे चेलीहरु रस्ना सुब्बा, निर्मला कार्की, मिना तबेबुङ, चुङ्ला शेर्पा, निर्मला मेन्याङ्बो, सन्तु लिम्बु, लिला लिम्बु, चन्द्रा प्राङ्देन, सबिता थाङ्देन,सबिता नाल्बो, सङ्गिता लिम्बु, भारती लिम्बुले वितरण तथा ब्यबस्थापन गरेका थिए ।

    बनभोज कार्यक्रमलाई थप रमाइलो र मनोरन्जन युक्त गराउन खेलकुद सम्योजक शिवरात्रि नाल्बो र सहयोगीहरु मिलन थेबे, कृष्ण मेन्याङ्बो, राज खिम्दिङ , उदिप ओख्राबु र बबि थोप्राले सहयोग गरेका थिए ।

    जस अन्तरगत हाडी फुटाई खेलमा मिना तबेबुङ लिम्बु र चम्चा रेसमा राजकुमार यादब र तातो आलु रमाइलो खेलमा समेत राजकुमार यादब बिजयी भएका थिए ।बिजयी खेलाडीहरुलाई आकर्षक पुरस्कारको प्रायोजन सन्तोष माङ्देन र ताप्लेजुङ सेवा समाज यूएईले गरेको थियो । बिजयी खेलाडीहरुलाई ताप्लेजुङ समाज सेवाका सल्लाहकारहरु डम्बर लिबाङ र गज वनेमको हातबाट पुरस्कार बितरण गरिएको थियो।

    बिहान ११ बजे बाट सुरु भएको कार्यक्रमको अन्त्यमा बिभिन्न रमाईलो नृत्यहरु र धान नाच गर्दै साझ ६ बजे समापन गरिएको समाजका अध्यक्ष लोकेन्द्र पालुङ्वाले जानकारी दिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    कोरियास्थित नेपाली दूतावासमा सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन आएन

    १ महिना अगाडि

    1 Comment

    1. लोकेन्द्र पालुङ्वा on April 26, 2024 9:39 am

      धन्यबाद हाल खबर अनलाईन पत्रीकालाई हाम्रो ताप्लेजुङ समाज सेवा यूएईको बनभोज कार्यक्रमलाई तपाईहरुको पत्रीकामा स्थान दिनु भएकोमा।ताप्लेजुङ
      समाज सेवा यूएई हाल खबर अनलाई पत्रीका प्रति आभारी रहने छ साथै यस पत्रीकाको उत्तरोत्तर प्रगतिको कामना गर्दछ।

      Reply

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.