Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ३ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ३ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Thursday, April 16
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने
    खेलकुद

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । यूएईमा बसोबास गर्ने नेपाली समुदायको सक्रियतामा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता–२०२६’ आयोजना हुने भएको छ। प्रतियोगिता ३१ जनवरी २०२६ का दिन दुबई इन्भेष्टमेन्ट पार्कस्थित ग्राउण्ड नम्बर ४ मा हुनेछ।

    लमजुङ एफसी यूएईको आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा ३० वटा समूहको सहभागिता रहने आयोजकले जनाएको छ। “Seven players, one pitch, endless passion” भन्ने नारासहित सञ्चालन हुने प्रतियोगितामा यूएईका विभिन्न नेपाली क्लब तथा संघसंस्थाका टोलीहरूले प्रतिस्पर्धा गर्नेछन्।

    प्रतियोगिताका विजेतालाई ४ हजार ४ सय ४४ दिराम, उपविजेतालाई २ हजार २ सय २२ दिराम तथा तेस्रो स्थान हासिल गर्ने टोलीलाई १ हजार १ सय ११ दिराम नगद पुरस्कार प्रदान गरिनेछ। साथै खेल अवधिभर उत्कृष्ट अनुशासन र खेलभावना प्रदर्शन गर्ने टोलीलाई फेयर प्ले ट्रफी समेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    खेल तालिका अनुसार प्रतियोगिता बिहानदेखि साँझसम्म चरणबद्ध रूपमा सञ्चालन हुनेछ। आयोजकले प्रतियोगिताले नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरेको छ।

    प्रतियोगितामा हिल टप माउन्टेन रेष्टुरेन्ट ब्रान्ड स्पोन्सरका रूपमा रहेको छ भने अन्य विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानहरूको समेत सहयोग रहेको छ।

    नेपाली समुदायको उल्लेख्य उपस्थितिमा हुने अपेक्षा गरिएको यस प्रतियोगिताले यूएईमा नेपाली फुटबलप्रेमीहरूलाई एकै थलोमा जोड्ने विश्वास लिइएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    २ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    २ महिना अगाडि

    यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.