Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Wednesday, April 22
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई
    खेलकुद

    यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई – संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समाजद्वारा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईले हात पारेको छ। प्रवासी नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र खेलकुदमार्फत एकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो।

    दुबईमा सक्रिय विभिन्न नेपाली संघ–संस्थामा आबद्ध ४० वर्ष माथिको उमेर समूह (भेट्रान) का प्रतिनिधिहरूको सहभागितामा प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा यूएईभरिका विभिन्न २० वटा टिम/समूहले सहभागिता जनाएका थिए।

    आईतबार दुबईको अलकुज डलस्को खेल मैदानमा सम्पन्न प्रतियोगिताको उद्घाटन दुबईस्थित महावाणिज्य दूत हरी ओडारी र धर्मपत्नी चन्द्रा प्रसाईको प्रमुख आतिथ्यतामा भएको थियो भने उपमहावाणिज्य दूत कृष्णप्रसाद चापागाईं विशेष अतिथिका रूपमा उपस्थित थिए।

    प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरूका बीच सम्पन्न फाइनल खेलमा तमु समाज यूएईले सुनसरी समाजलाइ २ गोलले पछाडि पार्दै उत्कृष्ट प्रदर्शनका साथ् उपाधि जित्न सफल भएको हो।

    प्रतियोगिताभर अनुशासित खेल, खेलभावना र दर्शकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप सफल बनेको सहभागीहरूको भनाइ थियो।

    समापन समारोहमा विजेता तथा उपविजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रमुख अतिथि तथा विशेष अतिथिले खेलकुदले प्रवासी नेपाली समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

    प्रतियोगिताको प्रथम हुने तमुसमाजको टोलिले १५ सय धिराम नगद , प्रमाण पत्र , ट्रफी र मेडल प्राप्त गर्यौ भने , द्वितीय हुने सुनसरि समाजले भने १ हजार धिराम्स नगद सहित प्रमाण पत्र , ट्रफी र मेडल प्राप्त गर्यौ। प्रतियोगिताको उत्कृष्ट गोलकिपर र उत्कृष्ट खेलाडीमा तमु समाजका यम गुरुङ र छवि गुरुङ सम्मानित भए भने प्रतियोगिताको सर्वाधिक गोलकर्ता सुनसरी समाजका सुजु चौधरी भएको आयोजक नेपाली समाजका खेलकुद संयोजक जितेन्द्र कार्कीले जानकारी दिए।

    आयोजक नेपाली समाज यूएईले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, खेलाडी, स्वयंसेवक, प्रायोजक तथा दर्शकप्रति आभार व्यक्त गरेको छ। प्रतियोगिता ब्यबस्थापन गर्न नारि शक्ति समूह यूएईले पानी सहित केहि खाद्य सामाग्री प्रदान गरेको थियो। नारि शक्ति समूह यूएई सन् २०२४ यता यूएईमा सक्रिय छ।

    आगामी वर्षहरूमा अझ व्यवस्थित र व्यापक सहभागितासहित अध्यक्षकप फुटबल प्रतियोगिता आयोजना गरिने आयोजकको योजना रहेको समाजका अध्यक्ष राम मोक्तानले बताए।

    प्रतियोगिताको उद्घाटन खेल भने नेपाली समाजका सल्लाहकार, तथा पुर्व कार्यसमिति सदस्यहरु बीच मैत्रीपुर्ण रुपमा गोलरहित बराबरीमा भएको थियो।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.