Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    ३ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, May 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त
    श्रम/रोजगार

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाँदा आवश्यक पर्ने कागजातहरुबारे नयाँ कार्यविधि जारी गरेको छ । भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न भन्दै तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २६ फागुन २०७८मा जारी गरेको निर्णय खारेज गर्दै भिजिट भिसामा जाँदा चाहिने कागजात र पूरा गर्नुपर्ने शर्तबारे स्पष्ट व्यवस्था गरिएको हो ।

    ‘यसअघिको निर्णयले विभिन्न विषयहरु स्पष्ट भएनन्, त्यसले भद्रगोल सिर्जना भयो,’ अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले भने,‘अब आधारभूत शर्त पुरा गर्नेहरू भिजिट भिसामा विदेश जान पाउँछन् ।’

    १० माघदेखि लागू हुने गरी अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने बताएको छ । सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागका महानिर्देशक तामाङले जानकारी दिए ।

    भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।

    भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।

    संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने छ ।

    भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरुलाई प्रस्थान अनुमति दिने प्रकृयालाई सरल बनाइएको महानिर्देशक तामाङले बताए । ‘घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम बुझाएर विदेश यात्रा नगर्नु हुन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्नु हुन सबैमा अनुरोध छ,’ उनले भने । भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रुपमा नेपाल सरकारबाट जारी भएको यात्रा परामर्श अध्ययन गर्नु समेत उनले अनुरोध गरे ।

    उनकाअनुसार भिजिट भिसामा भ्रमण गर्दा नेपाली यात्रीहरुले अपनाउनु पर्ने यात्रा सल्लाह (ट्राभल एड्भाइजारी) जारी समेत जारी भएको छ ।

    यस्तो छ ट्राभल एड्भाइजारी

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएई : सडकमा विवादपछि रस अल खैमाहमा तीन महिलाको गोली हानी हत्या, अभियुक्त पक्राउ

    २ हप्ता अगाडि

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    ३ हप्ता अगाडि

    यूएईको नेपाली दुतावासद्वारा दुई दिने अतिरिक्त सेवा, ८०० जना भन्दा धेरै लाभान्वित

    ३ हप्ता अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    १ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    १ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.