काठमाण्डौ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुर १५ सुर्यनगर चितवनका मोहन पुनको बाढीमा परी मृत्यू भएको दुतावासलाई उद्रित गर्दै श्रम मन्त्रालयले जनाएको छ ।
युएईको शारजाहबाट फुजेराह जाने बाटोमा रहेको पुल नजिक वेल क्याफे रेष्टुरेन्टुमा कार्यरत उनलाई उनीहरु बस्दै आएको अलमदाम क्षेत्रबाट बाढीले बगाएको मृतकका जेठान सुर्य रानामगरले दुतावासलाई जानकारी गराएका थिए । कार्यरत उनलाई उनीहरु बस्दै आएको अलमदाम क्षेत्रबाट बाढीले बगाएको हो ।
युएईमा दुई दिन परेको बर्षाका कारण ठाउँ ठाउँमा बाढी आएको हो । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।
युएईका बिभिन्न भागमा मंगलबार र बुधवार अविरल बर्षा भएको थियो । बर्षाका कारण केही भागमा डुबान तथा ओमान सँग बोर्डर जोडीएको क्षेत्र तथा चट्टान पहाडी क्षेत्रबाट आएको बाढी केही तटहरु तोडेर वस्तीभित्र छिरेको थियो ।
सोही बाढी सारजाहको अलमदाम क्षेत्रमा बस्दै आएका मोहन बस्ने बस्तीमा पसेर उनी सँगैं अन्य दुई घानाका नागरिकलाई समेत बगाएर लगेको र बुधवार दिउसो २ बजे मात्रै ३ जनाको शब भेटेको कम्पनी संचालकले आफुहरुलाई जानकारी गराएको युएईमै कार्यरत मृतकका जेठान सुर्य रानामगरले हालखबरलाई जानकारी दिए । सुर्यका अनुसार मोहन अर्को महिना घरविदामा जाने तयारीमा थिए । मृतकको एक श्रीमती सहित ३ बर्षिय छोरी समेत रहेको परिवारले जनाएको छ ।
सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको मन्त्रालयले जनाएको छ । पुन भिजिट भिसामा युएई गएर काम खोजेर सो कम्पनीमा कार्यरत रहेको आफन्तलाई उद्रित गर्दै दुतावासले जनाएको छ ।