Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    १ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, March 14
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू
    मेन स्टोरी

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ । युनाईटेड अरब इमिरेट्स (युएई) मा आएको बाढीमा परी एक जना नेपालीको मृत्यू भएको छ । आबुधाबी स्थित नेपाली दुतावासका अनुसार भरतपुर १५ सुर्यनगर चितवनका मोहन पुनको बाढीमा परी मृत्यू भएको दुतावासलाई उद्रित गर्दै श्रम मन्त्रालयले जनाएको छ ।

    युएईको शारजाहबाट फुजेराह जाने बाटोमा रहेको पुल नजिक वेल क्याफे रेष्टुरेन्टुमा कार्यरत उनलाई उनीहरु बस्दै आएको अलमदाम क्षेत्रबाट बाढीले बगाएको मृतकका जेठान सुर्य रानामगरले दुतावासलाई जानकारी गराएका थिए । कार्यरत उनलाई उनीहरु बस्दै आएको अलमदाम क्षेत्रबाट बाढीले बगाएको हो ।

    युएईमा दुई दिन परेको बर्षाका कारण ठाउँ ठाउँमा बाढी आएको हो । बाढीका कारण युएईका सरकारी कार्यलय बन्द रहेको दुतावासले जानकारी दिएको छ ।

    युएईका बिभिन्न भागमा मंगलबार र बुधवार अविरल बर्षा भएको थियो । बर्षाका कारण केही भागमा डुबान तथा ओमान सँग बोर्डर जोडीएको क्षेत्र तथा चट्टान पहाडी क्षेत्रबाट आएको बाढी केही तटहरु तोडेर वस्तीभित्र छिरेको थियो ।

    सोही बाढी सारजाहको अलमदाम क्षेत्रमा बस्दै आएका मोहन बस्ने बस्तीमा पसेर उनी सँगैं अन्य दुई घानाका नागरिकलाई समेत बगाएर लगेको र बुधवार दिउसो २ बजे मात्रै ३ जनाको शब भेटेको कम्पनी संचालकले आफुहरुलाई जानकारी गराएको युएईमै कार्यरत मृतकका जेठान सुर्य रानामगरले हालखबरलाई जानकारी दिए । सुर्यका अनुसार मोहन अर्को महिना घरविदामा जाने तयारीमा थिए । मृतकको एक श्रीमती सहित ३ बर्षिय छोरी समेत रहेको परिवारले जनाएको छ ।

    सरकारी कार्यलय बन्द भएका कारण मृतकको बिषयमा थप जानकारी लिन नसकिएको दुतावासले जनाएको मन्त्रालयले जनाएको छ । पुन भिजिट भिसामा युएई गएर काम खोजेर सो कम्पनीमा कार्यरत रहेको आफन्तलाई उद्रित गर्दै दुतावासले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    १ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ४ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.