Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?
    मध्यपूर्व गतिविधि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ महिना अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गरेर इरानमा रहेका नेपालीलाई तत्काल सुरक्षित स्थानमा जान भनेको छ । साथै इरान जाने तयारीमा रहेकाहरुलाई पनि यात्रा स्थगित गर्न भनेको छ ।

    यसै सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीसँग गरिएको कुराकानी।

    इरान र अमेरिकाबीच तनाव बढिरहेका बेला नेपाल सरकारले ट्राभल एडभाइजरी जारी गरेर इरान छाड्न भन्यो । इरानको पछिल्लो अवस्थाबारे तपाईंहरुको विश्लेषण के हो ?

    इरानमा तनावको अवस्था छ कि छैन भन्ने भन्दा पनि हामीले हाम्रो नागरिकको सुरक्षालाई मध्यनजर राखेर ट्राभल एडभाइजरी जारी गरेका हौं, त्यहाँको कुनै सूचना प्राप्त गरेको हिसाबले होइन ।

    अलिकति सुरक्षात्मक उपाय अनुसार हामीले ट्राभल एडभाइजरी जारी गरेका हौं । त्यहाँ के हुन्छ, कसो हुन्छ भन्दा पनि आफ्ना नागरिकहरु सुरक्षित होउन् भन्ने राष्ट्रको दायित्वको हिसाबले एडभाइजरी जारी गरेर सुरक्षित हुनुस् भन्ने हो । त्यहाँ रहेका नेपालीहरुको सुरक्षा नै सबैभन्दा ठूलो विषय भयो ।

    इरानमा कति छन् नेपाली ? हाल उनीहरुको अवस्था कस्तो छ ?

    हाम्रो जानकारीमा इरानमा १० जना नेपालीहरु हुनुहुन्छ । अहिलेसम्म सबै सकुशल हुनुहुन्छ । उहाँहरु सबै हाम्रो सम्पर्कमा हुनुहुन्छ । उहाँहरु दशैजना एकअर्कामा जोडिनु पनि भएको छ ।

    हामीले ट्राभल एडभाइजरी जारी गरेर सम्भव भएसम्म सुरक्षित स्थानमा लाग्नुस् भनेका छौं । यो भन्दैमा फेरि असुरक्षित तरिकाले हिँड्न पनि भएन ।

    तपाईंहरुको यो कुरामा इरानमा रहेका नेपालीहरु के भन्नुहुन्छ ?

    उहाँहरुले हामी अहिलेसम्म सुरक्षित नै छौं, सरकारले जारी गरेको सूचना, एडभाइजरी फलो गर्छौं र हामी हाम्रो व्यवस्थापन गर्दैछौं भन्नुभएको छ ।

    उहाँहरु वैध हो कि अवैध तरिकाले जानु भएको हो ? अहिले इरानको कुन ठाउँमा हुनुहुन्छ ?

    उहाँहरु लिगल्ली (वैध) तरिकाले नै बसिरहनु भएको छ । इरानको अन्त होइन, तेहरानमै हुनुहुन्छ । अघिल्लो पटकको लडाइँ हुँदा केही नेपालीहरु जेलमा पनि हुनुहुन्थ्यो । अहिले चाहिँ त्यस्तो छैन ।

    उहाँहरु केको सिलसिलामा इरान जानु भएको हो ? महिला-बालबालिकाहरु पनि छन् कि ?

    उहाँहरु कामको सिलसिलामा जानु भएको हो । उहाँहरुमध्ये एक फेमिलीसहित पनि हुनुहुन्छ । अरु चाहिँ इन्डिभिजुअली हुनुहुन्छ ।

    उहाँहरु सुरक्षित ठाउँमा जाने भनेको कहाँ हो ? कसले समन्वय गर्छ ?

    खासगरी कतारमा रहेको हाम्रो नेपाली दूतावासले नै इरान पनि हेर्छ । त्यसैले नजिक, सरल, सहज जता पहुँच छ त्यता जानुहुन्छ । हवाई सम्पर्कको हिसाबले वा जलमार्गको हिसाबले मध्यपुर्वको अरबनै नजिक हुन्छ ।

    तपाईंहरुले इरान नजान पनि सल्लाह दिनु भएको छ । यताबाट त्यता जाने तयारीमा पनि कोही हुनुहुन्थ्यो ?

    त्यो त स्पष्ट जानकारी भएन । अध्यागमन कानुन नियमहरु थोरै परिवर्तित छन् । अग्रिम जानकारी गराउने सिस्टम पनि छैन । तर पनि हामीले कोही जाँदै हुनुहुन्छ भने नजानु होला भनेर केही हप्ता अगाडि नै जानकारी गराइसकेका थियौं । यसपालि जान लागेको विषयमा हामीलाई त्यस्तो जानकारी त छैन तर कोही जान लागेको अवस्था हो भने यात्रा स्थगित गर्न सल्लाह दिन्छौं । – अनलाइन खबर

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.