आबुधावी । संयुक्त अरब एमिरेट्स (युएई)को आबुधावीमा रहेको नेपाली दुतावासमा पनि संविधान दिवस मनाउन लागिएको हो । दुतावास भवनमा झंडोत्तोलन गरेर संविधान दिवस मनाउन लागिएको हो ।
संविधान दिवसको अवसरमा अघिल्लो दिनबाट दिपावली गरेर मनाउन सुरु गरेको दुतावासले आज बुधवार भने युएईमा सकृय नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा झंडोत्तोलन गरेर एक साता सम्म दिपावली गर्ने जनाएको छ । बिहान नेपाली समय अनुसार १०:१५ ( स्थानीय ८:३० ) बजे कार्यक्रम सुरु गर्ने दुतावासको भनाइ छ ।
यस् अघी नेपाली दुतावासले बिशेष कार्यक्रम मार्फत अन्तरास्ट्रिय समुदायको उपस्थितिमा ‘नेशनल डे’ कार्यक्रम गर्दै आएको थियो । पछीलो ४ बर्ष यता भने बिभिन्न कारण देखाउदै कार्यक्रम हुन सकेको छैन ।
युएईमा यस् अघी कार्यबाहक राजदुतको नेत्रित्वमा समेत बिदेशी समुदायको उपस्थितिमा बिशेष कार्यक्रम गरिए पनि पूर्ण राजदुतको कार्यकालमा भने संविधान दिवसको कार्यक्रम हुन सकेको छैन । यस् अघी कार्यबहाक राजदुत नेत्रबहादुर टन्डन र सागर प्रसाद फुयालले बिभिन्न देशका कुटनीतिज्ञहरुको उपस्थितिमा संविधान दिवस मनाएका थिए ।
संविधान सभाबाट २०७२ साल असोज ३ गते संविधान जारी भएको हो । नवौ संविधान दिवसका अवसरमा आज सार्वजनिक बिदा भएकाले दुतावास भने बन्द रहने छ ।
दुतावासले जारी गरेको सूचना :

