नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको अवसरमा कतारमा ५७ वटा संघसंस्थाको आयोजनामा गर्न लागेको रमाइलो तीज धमाकाको तयारी पूरा भएको छ ।
नेपाली महिला समाजको चहाना, एकता र सहयोगको बिशुद्ध सामाजिक भावना भन्ने मुल नाराको साथ हुन् लागेको रमाइलो बृहत् तीज सांस्कृतिक कार्यक्रमको तयारी पूरा भएको नेपाली महिला समाज कतारकी अध्यक्ष सरिता भण्डारी पौडेलले जानकारी दिईन ।

नेपाली महिला समाज कतार , गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको महिला बिभाग एवं दोहा कतारमा स्थापित बिभिन्न संघ-संस्थाहरुको संयुक्त आयोजनामा तीजको अवसरमा शुक्रबार आयोजना हुने कार्यक्रम उपस्थित हुन् सबैलाई बिशेष गरी महिला दिदीबहिनीहरुलाई अनुरोध गरिएको अध्यक्ष भण्डारी पौडेलले बताईन।
कार्यक्रममा दर खुवाउने साथै शुभकामना आदान-प्रदान तथा श्रमिक सचेतनामुलक कार्यक्रम पनि रहेको उनले बताईन । कार्यक्रम आयोजक संस्थाका लागि दुई सय कतारी रियाल तोकिएको छ। महिलाका लागि प्रवेश निःशुल्क व्यवस्था गरिएको छ भने आयोजक संस्थाको प्रतिनिधि बाहेक दुई वटा पास उपलब्ध गराइने बताईएको छ ।
पुरुषका लागि प्रवेश शुल्क २५ रियाल तोकिएको छ । कार्यक्रम अल थुमामास्थित एथ्लेन स्पोर्ट्स क्लबको इभेन्टस हलमा शुक्रबार बिहान ११ बजेबाट शुरु हुनेछ । कार्यक्रममा महिलाहरुका लागि निशुल्क यातायात व्यवस्था पनि गरिएको एनआरएनए कतारका द्वितीय उपाध्यक्ष केश कार्कीले जानकारी दिए ।
