रुपन्देही – फिजियोथेपारी संघ लुम्बिनी प्रदेशले रुपन्देहीमा म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । विश्व फिजियोथेरापी दिवसको अवसर पारेर शनिबार संघले रुपन्देहीमा म्याराथुन प्रतिगियोगिता आयोजना गरेको हो ।
प्रतियोगीतामा पुरुष तर्फ नेपाल आर्मीका २४ बर्षिय प्रकाश घर्ती मगर प्रथम हुनुभयो भने द्वितिय नेपाल आर्मीकै जयन्त कार्की र आर्मीकै थम बहादुर अधिकारी त्रितिय हुनुभयो । त्यस्तै महिला तर्फ क्रमश: आर्मीकै तिलीसरा बुढाथोकी, स्वस्थामी बीक , अस्मिता श्रेष्ठ पहिलो , दोस्रो र तेस्रो भएको आयोजक संघका कोषाध्यक्ष डा. अबिनाश लम्सालले जानकारी दिनुभयो । प्रतियोगिताका विजेताहरुलाई नगद, प्रमाण पत्र, शिल्ड प्रदान गरिएको थियो ।

१ सय २७ जना सहभागी भएको प्रतियोगितामा प्रथम हुनेले १३.५ किलोमिटर दुरी ५६ मिनेटको समयमा पार गरेको कार्यक्रम सम्योजक फिजियोथेरापी संघ लुम्बिनी प्रदेश अध्यक्ष डा. सुजित ठाकुरले बताउनुभयो ।
प्रतियोगितामा ६५ बर्षिय जेष्ठनागरिक पदमलाल पाण्डेले १३.५ किलोमिटर पूर्ण रुपमा २ घण्टा १० मिनेट समय लगाएर पार गर्नु भएको थियो । उहांलाई आयोजक संघले प्रोत्साहन स्वरुप प्रमाणपत्र मार्फत सम्मान गरेको प्रतियोगिता आयोजक समितिका सचिव डा. आशिक ढकालले बताउनुभयो ।
प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि बुटवल उप महानगर पालिकाका मेयर खेलराज पाण्डेले उद्घाटन गर्नुभएको थियो भने अतिथीहरुमा सत्यवती गाउपालिकाका पुर्व अध्यक्ष परिस्वर ढकाल, तिलोत्तमा १ नम्बर वार्डका अध्यक्ष फर्सुराम गिरी , एन्फा रुपन्देही अध्यक्ष लोक पुन तथा फिजियोथेरापी संघमा आबद्द चिकित्सकहरु हुनुहुन्थ्यौ ।
