काठमाडौँ । वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा काम गर्न जाने श्रमिकका लागि तालिम दिन चाहने संस्थासँग निवेदन माग गरेको छ । विभागले अनुमति लिन १५ दिनको समय दिएर निवेदन माग गरेको हो ।
विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनुपर्ने सर्त राखेको छ ।
विभागको सूचनामा इच्छुक संस्थाले निवेदनको साथमा संस्थाको न्यूनतम पूर्वाधारको विवरणलगायतका प्रमाणपत्र पेस गर्नुपर्ने उल्लेख गरिएको छ ।
विगतमा इजरायलका लागि केयर गिभरको तालिम प्रदान गरिसकेको भए त्यसको प्रमाणसमेत पेस गर्नुपर्ने सूचनामा भनिएको छ ।
