Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»डाक्टरहरूलाई कुवेतमा रोजगारी लगाइदिने झुटो विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले गर्‍यो निलम्बन
    मध्यपूर्व गतिविधि

    डाक्टरहरूलाई कुवेतमा रोजगारी लगाइदिने झुटो विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले गर्‍यो निलम्बन

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौ – स्वीकृति नै नलिई सामाजिक सञ्जालमार्फत झुटो विज्ञापन गर्नुका साथै अन्य गैरकानुनी गतिविधि गरेको पाइएपछि वैदेशिक रोजगार विभागले दुई म्यानपावरलाई निलम्बन गरेको छ ।

    विभागको स्वीकृति बिना सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाली डाक्टरहरूलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै झुटो विज्ञापन गरेको पाइएपछि ओमेगा इन्टरनेशनल प्रालिलाई विभागले निलम्बन गरेको छ ।

    यसका साथै सीपयुक्त व्यक्तिहरूलाई व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा पठाउनका लागि यो म्यानपावरले आफ्नो संस्थाको भवनभित्र अन्य दुई वटा संस्था राखी छेउकै भवनमा इजुकेशनल इन्टिच्युट एण्ड कन्सल्टेन्सी समेत राखेर वर्किङ भिसाको प्रलोभन देखाउने गरेको पाइएको विभागले जनाएको छ ।

    यस्तै व्यक्तिगत रूपमा दक्ष र सीपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेशनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालिलाई पनि विभागले निलम्बन गरेको छ । दुवै म्यानपावरलाई मङ्गलवार निलम्बन गर्ने निर्णय भएको वैदेशिक रोजगार विभागका निर्देशक तथा सूचना अधिकारी कविराज उप्रेतीले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजत लिएका म्यानपावरहरूले व्यक्तिगत रूपमा कुनै पनि श्रमिक पठाउन पाउँदैनन् । यसो गरेमा वैदेशिक रोजगार ऐन २०६४ उल्लङ्घन गरेको हुन्छ । साथै कुनै पनि म्यानपावर कम्पनीले वैदेशिक रोजगारीको विज्ञापन गर्नुअघि विभागसँग पूर्व स्वीकृति लिन पर्छ ।

    तर पछिल्लो समय विभिन्न सामाजिक सञ्जालका माध्यममार्फत वैदेशिक रोजगारीको झुटो र भ्रामक विज्ञापन गर्ने र मान्छेहरू ठग्ने क्रम बढेको छ । यस्तो ठगी म्यानपावर कम्पनीहरूले नै गरिरहेका छन् ।

    त्यसैले वैदेशिक रोजगारीमा जान इच्छुकहरूलाई सामाजिक सञ्जालमा आउने वैदेशिक रोजगारीका विज्ञापनमा विश्वास नगर्न अनुरोध गरेको छ ।कानुन विपरीत सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीको विज्ञापनका साथै अन्य गतिविधि नगर्न विभागले सबै म्यानपावर कम्पनीहरूलाई अनुरोधसमेत गरेको छ ।

    यसअघि पनि सामाजिक सञ्जालमार्फत विभागको स्वीकृति विनै वैदेशिक रोजगारीको विज्ञापन गर्ने दुई म्यानपावरलाई विभागले दुई लाख रुपैयाँ जरिवाना गरेको थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.