हाअ/युएई – नेपालबाट हुने व्यक्तिगत श्रम स्वीकृतिमा कामदारहरु ठगीमा परेको गुनासो प्रति नेपाली दुतावास आबुधाबीले चासो देखाएको छ ।
कामदारले करार सम्झौतापत्रमा उल्लेख भएअनुसारको तलब एंव सेवासुविधा नपाएको गुनासो गरेका छन् ।
सो विषयमा नेपाली दुतावास आबुधाबीले ध्यानाकर्षण भएको जनाएको हो । अवैध रूपमा भिसा किनबेच गरी युएई भित्रिएका नेपाली श्रमिक उच्च जोखिममा परेको दूतावासको भनाइ छ ।
दुतावासले व्यक्तिगत भिसा प्रमाणीकरणलाई थप व्यवस्थित ,सुरक्षित र मर्यादित बनाउन आवश्यक निर्देशनका लागि सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।
व्यक्तिगत भिसा प्रमाणीकरणका लागि एकाघरका परिवार सदस्य ( स्थानीय निकायबाट भएको नाता प्रमाणितको कागजातलाई कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको आधारमा र पहिला यूएईमा आई काम गरेको पूर्व कामदारको हकमा मात्र भिसा प्रमाणीकरण गरिने दुतावासका सुचना अधिकारी भुवन ओझाले हालखबरअनलाइनलाई जानकारी दिए ।
