Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»श्रमिक र पत्रकारमाथि ज्यादती गर्ने राजदूत ढकाललाई उन्मुक्ति
    मध्यपूर्व गतिविधि

    श्रमिक र पत्रकारमाथि ज्यादती गर्ने राजदूत ढकाललाई उन्मुक्ति

    पिडितलाई क्षतिपूर्ति र पिडकलाई कारवाही हुनुपर्छ - रोशन पुरी महासचिव, नेपाल पत्रकार महासंघ
    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि7 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    हाअ / काठमान्डौ

    वैदेशिक रोजगारीमा रहेका श्रमिक र पत्रकार माथि ज्यादती गर्ने युनाईटेड अरब इमिरेट्स (युएई) का लागि नेपाली तत्कालिन राजदूत कृष्णप्रसाद ढकाललाई सरकारले उन्मुक्ती दिएको छ ।

    आफनो पद र शक्तिको दुरुपयोग गर्दे अराजक शैलीमा नेपाली श्रमिक र पत्रकारलाई विदेशी जेलसम्म पुराउने पूर्व राजदूत ढकाललाई राजनीतिक संरक्षण प्राप्त भएकै कारण सरकारले कारवाही गर्न सकेको छैन ।

    नेपाल सरकारले पराष्ट्र मन्त्रालयका सह सचिव कृष्ण प्रसाद ढकाललाई २०१८ को अन्त्य तिर चार बर्षका लागि नेपालको राजदूत बनाएर युएई पठाएको थियो । संविधान त ढकालले युएईमा कार्यरत नेपाली नागरिकको संरक्षण गर्नु र दुवै मुलुक बिचको सम्बन्ध राम्रो बनाउनु थियो ।

    तर, ढकालले शक्तिको आडमा व्यक्तिगत रिसिईबी लिई श्रमिकलाई विभिन्न आरोप लगाई युएईको जेलमा पठाउने काम गरे । त्यति मात्रै हैन उनले केही श्रमिकलाई युएईबाट डिपोर्ट समेत गरे ।

    ढकाल युएईको कार्यकाल सकि अहिले नेपाल फर्किएका छन् । ढकाललाई कारवाही गर्नुको साटो सरकारले मन्त्रालयमा नै जिम्मेवारी दिएर राखेको छ । ढकालले आफनो कार्य अवधिमा युएईमा टिकटक बनाउने श्रमिक देखि सामािजक सञ्जालमा स्टाटस राख्ने पत्रकारलाई समेत जेल पठाएका छन् ।

    ढकाल कै कारण पाण्डेले युएईको जेलमा ८७ दिन विताए । त्यतिमात्रै हैन उनकोे विगत १० बर्ष देखि गर्दे आएको रोजगारी समेत गुम्यो। साथै युएई प्रहरीले उनको साथमा रहेको एक थान ल्यापटप, दुई थान मोबाइल सेट समेत जफत गर्यौ । साथै कानुनी प्रक्रियाका लागि पाण्डेले २५ दिराम भन्दा बढी खर्च गर्नुपर्यौ ।

    नाटकिय रुपमा पत्रकार पाण्डेलाई जेल पठाए ढकालले

    अर्घाखाँचीका उमाकान्त पाण्डे १७ बर्ष अघि वैदेशिक रोजगारीका लागि युएई पुगेका थिए । रोजगारीको साथमा उनले काठमाडौ स्थित उज्यालो ९० नेटवर्क तथा उज्यालो रेडियोको लागि युएईबाट रिपोटिगं पनि गर्थे । पत्रकारको हैसियतले दुतावासलाई खबरदारी गर्नु स्वभाविक नै थियो ।
    २०२२ मा पत्रकार पाण्डेको बुबाको वार्षिक पुण्य तिथि कर्म पुरा गर्न नेपाल आएका थिए ।

    सोही अवधिमा उनले भिजिट भिसामा युएई पुगेका युवा अलपत्र परे भन्ने समाचार सुने । पत्रकार पाण्डे युएईमा बस्दै आएको कारण उनलाई यस बिषयमा सबै जानकारी थियो । बुबाको वार्षिक पुण्य कर्ममा रहेका पाण्डेले त्यति बेला आफनो साथमा भएको मोवाईलको प्रयोग गरी सामाजिक सञ्जाल फेसबूकमा सोही बिषयमा टिप्पणी गरेर एउटा स्टाटस पोष्ट गरेका थिए ।

    बुबाको काम सकेर युएईमा पुगेपछि २०२२ फेब्रुअरी १५ का दिन उनलाई युएई सिआडीले फोन गरेर कार्यलयमा डाक्यो । उनी सिआडी कार्यलयमा पुगे । प्रहरीले उनलाई नियन्त्रणमा लियो । पाण्डे आफनो अपराधको बिषयमा सोधपुछ गर्दा सिआर्ईडीले राजदुत ढकालले तीन महिना जेल र युएईबाट डिपोर्ट गर्नु भन्दै उजुरी दिएको पत्र देखाए । त्यसपछि पाण्डे हिरासतबाट युएईमानै रहेका आफना परिवारलाई सम्पर्क गरी ढकालको उजुरीमा प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

    त्यसपछि यो घटना विभिन्न मिडियामा सार्वजनिक भयो । नेपाल पत्रकार महासंघ युएई शाखाका पुर्व अध्यक्ष भुपराज बस्यालको नेतृत्व तथा नेपाल पत्रकार महासंघ केन्द्रको समन्वयबमा उनको समर्थनमा आन्दोलन पनि भयो । आन्दोलनमा नेपाली युथ कङ्रेस , बिभिन्न संचार माध्यममा कार्यरत पत्रकार हरुले साथ समर्थन गर्दै आन्दोलन समेत गरेका थिए ।

    यही बिषयमा बिभिन्न संचार माध्यममा राजदुत ढकालले आफुले पाण्डेलाई जेल पठाएको भन्ने बिषय अस्विकार गरिरहे । तर, ढकालले आफुले पाण्डेलाई जेल नपठाएको र पठाएको प्रमाणित भएमा तत्काल पदबाट राजीनामा दिने समेत बताउन भ्याए ।

    त्यस्तै ढकालले परराष्ट्र मन्त्री, सचिव र मन्त्रालयका सबै कर्मचारीलाई पाण्डे मानव तस्कर र हुण्डीमा संलग्न भएकोले युएई प्रहरीले नियन्त्रण लिएको भन्दि गलत जानकारी गराई रहे ।

    तर, यस बिषयमा नेपाल पत्रकार महासंघले युएईमा नै पुगेर अनुसन्धान गरेको थियो । अनुसन्धान पछि राजदुत ढकालले पत्रकार पाण्डेलाई जेल हाल्न लेखेको निवेदन हस्ताक्षर सहित फेला पारेको थियो । त्यसपछि महासंघले सो प्रमाण परराष्ट्र मन्त्री र सचिव समक्ष पेश गरेपछि उनको कर्तुत बाहिरिएको थियो । प्रमाण पछि ढकालले घुडा टेकेका थिए । र उनले उजुरी फिर्ता लिएपछि पाण्डे जेलबाट छुटेका थिए ।

    युनाइटेड स्टेट्सको इन्टरनेशनल ह्युमन राइट्सले सार्वजनिक गरेको प्रतिवेदनमा पाण्डेको सो केशलाई पनि समावेश गरिएको छ । जसमा नेपाली दुतावासले मानव अधिकार हनन गरेको उल्लेख गरेको छ ।

    ढकाल कै कारण पाण्डेले युएईको जेलमा ८७ दिन विताए । त्यतिमात्रै हैन उनकोे विगत १० बर्ष देखि गर्दे आएको रोजगारी समेत गुम्यो.। साथै युएई प्रहरीले उनको साथमा रहेको एक थान ल्यापटप, दुई थान मोबाइल सेट समेत जफत गर्यौ । साथै कानुनी प्रक्रियाका लागि पाण्डेले २५ दिराम भन्दा बढी खर्च गर्नुपर्यौ ।

    ढकाललाई कारवाही गर्न महासंघले मन्त्रालयलाई पत्राचार गरेको थियो । तर, कारवाहीको प्रक्रिया भने शून्य रहेकोे पत्रकार महासंघ महासचिव रोशन पुरीले बताए । राजदूत भनेको मुलुकको प्रतिनिधित्व गरी जाने व्यक्ति हुन् । जसले विदेशमा आफना नागरिकको संरक्षण गर्नुपर्छ । तर, संरक्षकले नै आफना नागरिकलाई विभिन्न आरोप लगाउँदै जेल पठाउनु भनेको राष्ट्र माथिनै घात भएको उनले बताए ।

    ढकालले गरेको कामले अन्तराष्ट्रिय जगतमा मुलुककै बेईज्जत भएको बताउँदै जतिसक्दो छिटो पिडित पत्रकारलाई क्षतिपूर्ति भुक्तान गरी पिडक ढकाललाई कारवाही गर्न उनले सरकारसँग माग गरेका छन् ।

    ढकालबाट पाण्डे मात्रै हैन अन्य श्रमिक पनि पिडित बनेका छन् । युएईमा कार्यरत एक श्रमिकले टिकटक बनाएकै कारण उनले जेल पठाएका थिए भने दुतावास परिसरमा फोटो खिचेको भन्दै एक श्रमिकलाई कारवाही गरेका थिए । ढकालले श्रमिकलाई मात्रै हैन दुतावास कार्यलयमा कार्यरत कर्मचारी माथि पनि ज्यादती गर्ने गरेको पाईएको छ । ढकालले आफुलाई मन नपर्ने कर्मचारीलाई विभिन्न आरोप लगाएर मानसिक तनाब दिने गरेको दूतावासका एक कर्मचारीले बताए ।

    ढकालले महिला कर्मचारीको चरित्र हत्या गर्ने देखि लिएर पुरुष कर्मचारीलाई विभिन्न आरोप लगाएर युएई छोड्न बाध्य पार्ने गरेको स्रोतले बताएको छ । स्रोत अनुसार ढकालको विरुद्ध बोल्ने अथाव उनले भने अनुसार काम नगर्ने कर्मचारीलाई उनी विभिन्न आरोप लगाउथे । यस अघि ढकाल दिल्ली स्थित नेपाली दुतावासमा थिए । त्यहा पनि उनले दुतावासकै कर्मचारी माथि हातपात समेत गरेको थिए ।

    न्याय पाउ भन्दै प्रधानमन्त्री कार्यलय पुगे पाण्डे

    पिडित पत्रकार उमाकान्त पाण्डे न्यायको माग गर्दे प्रधानमन्त्री कार्यलय पुगेका छन् । पाण्डेले क्षतिपूर्तिको र दोषी माथि कारवाही गरी पाउ भन्दै प्रधानमन्त्री कार्यलयमा उजुरी दिएका छन् ।

    सरकारले राजदूत ढकाललाई संरक्षण दिएर पिडितलाई थप पिडा थपेको पिडित पाण्डेले गुनासो गरे । ढकाल दोषी हुन । यो सबै प्रमाणित भै सकेको छ । तर, पनि सरकारले संरक्षण गर्नु भनेको नायालकपन हो ।

    “म त पत्रकार थिए र मेरो लागि म बोल्न सके । तर, बोल्नै नसक्ने अझै धेरै पिडित छन् । उनीहरुको पिडा कसले सुन्ने,” उनले भने । ढकालले गरेको गतिविधि अत्यन्तै निकृष्ट भएको उनले बताए । “म भर्खरै मेरो बुबाको वार्षिक कर्म सकेर सकेर युएई पुगेको थिए । म र मेरो परिवार बुबा गुमाउनु पर्दाको शोकमा नै थियो । तर, ढकालका कारण मैले बुबा गुमाउदाको शोक पनि गर्न पाईन,” उनले गुनासो गरे ।

    प्रधामन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने दोषी ढकाललाई कारवाही गर्न परराष्ट्र मन्त्रालयलाई पत्र काटेको बताए । आफनै नागरिकलाई विदेशी जेलमा राख्ने व्यक्तिले सरकारको कर्मचारी भै रहन नसक्ने समेत उनले स्पष्ट पारे ।

    पिडितलाई क्षतिपूर्ति र पिडकलाई कारवाही हुनुपर्छ
    रोशन पुरी
    महासचिव, नेपाल पत्रकार महासंघ

    सुचनाका संवाहक पत्रकारलाई बिना कारण विदेशी जेल पठाउनु कुनै पनि हालतमा स्वीकार्य छैन । त्यसमा पनि आफना नागरिकको सुरक्षाको लागि राजदूतको जिम्मेवारी लिएको व्यक्तिले उल्टो पिडा दिनु भनेको राष्ट्रको बेईज्जत हो । यस्ता व्यक्तिलाई जति सक्दो छिटो कारवाही हुनुपर्छ ।

    आम नागरिकको हैसियतले मैले न्याउ पाउं
    उमाकान्त पाण्डे
    पिडित
    बैदेशिक रोजगारीमा गएर मुलुकको लागि रेमिट्यान्स पठाउने म जिम्मेवार युवा हु । रोजीरोटीको लागि रोजगारीको साथमा विदेशी भुमीमा रहेका श्रमिकको बिषयमा सुचना सम्प्रेषण गर्दै आएको थिए । रिपोटिगंकै क्रममा राजदुत ढकालसँग बारम्बार सम्पर्क भै रहन्थ्यो । तर, पछिल्लो पटक उहाँले युएई प्रशासनलाई मेरो बारेमा गलत सुचना दिई शक्तिको दुरुपयोग गर्दे जेल हाले ।

    बिना कारण ८७ दिन विदेशी जेलमा विताए । १० बर्ष देखि रोजगारी गुम्यो । समान जफत भयो । कानुनी लडाई लड्न धेरै पैसा खर्च भयो । हाम्रै अभिभावक बनेर युएई पुगेका राजदूत ढकालले हामी माथि नै ज्यादती गरे । जसका कारण मैले भोगेका मानसिक, शारिरीक, सामाजिक र आर्थिक रुपमा भोगेका पिडाको कुनै क्षतिपूर्ति हुनै सक्दैन । तर, दोषीलाई पनि कारवाही नगर्दा मेरो पिडा झन् थपिएको छ । तसर्थ दोषी माथि कारवाही गरी मलाई क्षतिपूर्ति दिलाईयोस ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.