Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»एनआरएनएको ११ औं विश्व सम्मेलन ३० असोजदेखि काठमाडौंमा हुने
    मध्यपूर्व गतिविधि

    एनआरएनएको ११ औं विश्व सम्मेलन ३० असोजदेखि काठमाडौंमा हुने

    adminBy admin३ वर्ष अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन काठमाडौंमा हुने भएको छ । गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी ३० असोजदेखि ३ कात्तिकसम्म (१७ अक्टोबर–२० अक्टोबर, २०२३) काठमाडौंमा आयोजना गरिने भएको हो ।

    सोही अवधिमा संघको आयोजनामा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने गैरआवासीय नेपाली संघले जनाएको छ ।

    महाधिवेशनमार्फत संघले नयाँ नेतृत्व समेत चयन गर्नेछ । सम्मेलनको तयारी स्वरूप १-३१ जुलाइका बीचमा विश्वका ५९ भन्दा बढी राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचनहरु सम्पन्न भएका छन् ।

    संघको स्मार्ट एप मार्फत १०-२० अगस्टसम्म महाधिवेशन प्रतिनिधि दर्ता गर्न आह्वान गरिएको छ । प्रतिनिधिहरुको अन्तिम नामावली ३१ अगस्टमा प्रकाशन गरिने संघले जनाएको छ । साथै संघले राष्ट्रिय समन्वय परिषद्हरुलाई यथासक्दो छिटो प्रतिनिधिहरुको अन्तिम नामावली पठाउन समेत भनेको छ ।

    सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरु, एनआरएनका अभियन्ताहरु र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्व लगायत करिब ४ हजार भन्दा बढीको सहभागिता रहनेछ ।

    ‘नेपालीका लागि नेपाली’ भन्ने मूल नाराका साथ सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए) ले २० वर्ष पूरा गरेको छ । दुई दशकको अवधिमा ८७ मुलुकमा संघको राष्ट्रिय समन्वय परिषद् स्थापना भइसकेको छ । संघमा विश्वभरबाट ९६ हजार ८ सय ५० पञ्जिकृत सदस्य छन् ।

    Facebook Comments Box

    Author

    • admin
      admin

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.