Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन
    खेलकुद

    यूएईमा प्रथम ‘बुढासुब्बा सेभेन ए साइड’ फुटबल प्रतियोगिता सम्पन्न, नखिल गोर्खा च्याम्पियन

    हालखबर अनलाइनBy हालखबर अनलाइन१२ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई — यूएईमा प्रथम बुढासुब्बा सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नखिल गोर्खा फूटबल क्लबले ले धरान युनाइटेड स्टारलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।

    प्रतियोगिताको एक बिशेष कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । जसमा धरान हेल्पिङ ह्याण्ड्सका सल्लाहकार तथा ग्लोबल एनआरएनए यूएई सल्लाहकार सुधिर थापा, , आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष बिक्रम लिम्बु, नेपाली समाज यूएई सचिव सुरेन तामाङ, प्रवासी मन्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख सुजन थापा, सुमन भन्डारी, सिद्दार्थ बैन्कका यूएई प्रमुख नबिन पौडेल, नेवा: पुचका सल्लाह्कार बिष्णुलाल श्रेष्ठ , सद्स्य नबराज श्रेष्ठ, तनहुँ समाज युएई अध्यक्ष राजु तिमील्सिना, यूएई नेपाली फुटबल संघका संस्थापक अध्यक्ष मुक्ती गुरुङ, वर्तमान अध्यक्ष अनिल शेर्पा, लगायत खेल समर्थकहरुको उपस्थिती थियो । झन्डै ७०० दर्शकको सहभागिता रहेको खेलमा २६ टिमहरूले प्रतिस्पर्धा गरेका थिए।

    प्रतियोगिताको अन्तिम आठ चरणमा पुगेका टिमहरू मध्ये धरान यूनाइटेडले फूलबारी एफ.सी. लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, नखिल गोर्खाले लम्जुङ लाई तथा रोयल गोर्खाले फूलबारी लाई र युथ स्पोर्टिङले लालीगुराँसलाई पेनाल्टी सुटआउटमार्फत हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।

    प्रतियोगिताको सेमीफाइनलमा धरान युनाइटेड, नखिल गोर्खा, रोयल गोर्खा र युथ स्पोर्टिङ फूटबल क्लब पुगेका थिए । फाइनल खेलमा नखिल गोर्खा ले धरान युनाइटेड स्टार क्लबलाई लाई फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

    आयोजकलाई यस् पटक मैदानको अभावका कारण प्रतियोगिता आयोजना गर्न निकै कठिनाइ भएको । विभिन्न ठाउँमा मैदान र समय परिवर्तन हुँदै अन्ततः शारजाह स्थित मैदानमा खेल सञ्चालन गर्नुपरेको आयोजकको भनाइ छ । मैदान परिवर्तनका कारण केही टिमहरूले भाग नलिने निर्णय गरेपछि प्रतिस्थापनको रूपमा नयाँ टिमहरू राखिएको थियो।

    प्रतियोगिताको विजेता नखिल गोर्खाले नगद ५००० दिरामसहित उत्कृष्ट गोलकिपर, हाई स्कोरर, उत्कृष्ट खेलाडी, र व्यवस्थापकको उपाधि समेत प्राप्त गरेको छ भने उपविजेता धरान युनाइटेड स्टारले २५०० दिराम नगद सहित उत्कृष्ट डिफेन्डर, फर्वार्ड र प्रशिक्षकको उपाधि समेत जितेको छ । त्यस्तै फूलबारी फूटबल क्लब फेयर प्ले टिमको रुपमा रहेको प्रतियोगिताको सम्योजक धरान यूनाइटेडका स्विकार राईले गरेका थिए भने कार्यक्रमको अध्यक्षता धरान हेल्पिङ ह्यान्ड्सका अध्यक्ष इस्वर श्रेष्ठले गरेका थिए । प्रत्योगितालाई सफल बनाउन २२ वटा व्यावसायिक संस्थाहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    यूएईमा आयोजित प्रथम अध्यक्षकप फुटबल प्रतियोगिताको उपाधि तमु समाज यूएईलाई

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.