दुबई — यूएईमा प्रथम बुढासुब्बा सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नखिल गोर्खा फूटबल क्लबले ले धरान युनाइटेड स्टारलाई ४-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको छ।
प्रतियोगिताको एक बिशेष कार्यक्रमका बिच उद्घाटन गरिएको थियो । जसमा धरान हेल्पिङ ह्याण्ड्सका सल्लाहकार तथा ग्लोबल एनआरएनए यूएई सल्लाहकार सुधिर थापा, , आदिवासी जनजाति महासंघ यूएईका अध्यक्ष बिक्रम लिम्बु, नेपाली समाज यूएई सचिव सुरेन तामाङ, प्रवासी मन्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, प्रवासी नेपाली सम्पर्क विभाग प्रमुख सुजन थापा, सुमन भन्डारी, सिद्दार्थ बैन्कका यूएई प्रमुख नबिन पौडेल, नेवा: पुचका सल्लाह्कार बिष्णुलाल श्रेष्ठ , सद्स्य नबराज श्रेष्ठ, तनहुँ समाज युएई अध्यक्ष राजु तिमील्सिना, यूएई नेपाली फुटबल संघका संस्थापक अध्यक्ष मुक्ती गुरुङ, वर्तमान अध्यक्ष अनिल शेर्पा, लगायत खेल समर्थकहरुको उपस्थिती थियो । झन्डै ७०० दर्शकको सहभागिता रहेको खेलमा २६ टिमहरूले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगिताको अन्तिम आठ चरणमा पुगेका टिमहरू मध्ये धरान यूनाइटेडले फूलबारी एफ.सी. लाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। त्यस्तै, नखिल गोर्खाले लम्जुङ लाई तथा रोयल गोर्खाले फूलबारी लाई र युथ स्पोर्टिङले लालीगुराँसलाई पेनाल्टी सुटआउटमार्फत हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेका थिए।
प्रतियोगिताको सेमीफाइनलमा धरान युनाइटेड, नखिल गोर्खा, रोयल गोर्खा र युथ स्पोर्टिङ फूटबल क्लब पुगेका थिए । फाइनल खेलमा नखिल गोर्खा ले धरान युनाइटेड स्टार क्लबलाई लाई फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।

आयोजकलाई यस् पटक मैदानको अभावका कारण प्रतियोगिता आयोजना गर्न निकै कठिनाइ भएको । विभिन्न ठाउँमा मैदान र समय परिवर्तन हुँदै अन्ततः शारजाह स्थित मैदानमा खेल सञ्चालन गर्नुपरेको आयोजकको भनाइ छ । मैदान परिवर्तनका कारण केही टिमहरूले भाग नलिने निर्णय गरेपछि प्रतिस्थापनको रूपमा नयाँ टिमहरू राखिएको थियो।
प्रतियोगिताको विजेता नखिल गोर्खाले नगद ५००० दिरामसहित उत्कृष्ट गोलकिपर, हाई स्कोरर, उत्कृष्ट खेलाडी, र व्यवस्थापकको उपाधि समेत प्राप्त गरेको छ भने उपविजेता धरान युनाइटेड स्टारले २५०० दिराम नगद सहित उत्कृष्ट डिफेन्डर, फर्वार्ड र प्रशिक्षकको उपाधि समेत जितेको छ । त्यस्तै फूलबारी फूटबल क्लब फेयर प्ले टिमको रुपमा रहेको प्रतियोगिताको सम्योजक धरान यूनाइटेडका स्विकार राईले गरेका थिए भने कार्यक्रमको अध्यक्षता धरान हेल्पिङ ह्यान्ड्सका अध्यक्ष इस्वर श्रेष्ठले गरेका थिए । प्रत्योगितालाई सफल बनाउन २२ वटा व्यावसायिक संस्थाहरूले सहयोग गरेको आयोजकले जनाएको छ ।
