Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    १ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, March 14
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»बल्कोट (अर्घाखाँची) सम्पर्क समाज यूएईको चौथो अधिवेशन सम्पन्न, राम बहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
    मध्यपूर्व गतिविधि

    बल्कोट (अर्घाखाँची) सम्पर्क समाज यूएईको चौथो अधिवेशन सम्पन्न, राम बहादुर कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधाबी। बल्कोट (अर्घाखाँची) सम्पर्क समाज यूएईको चौथो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशन तथा समाजको विशेष भेलाले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो।

    संस्थाको विधानअनुसार हरेक दुई वर्षमा अधिवेशन गरी कार्यसमिति फेरबदल गर्ने व्यवस्था छ। सोहीअनुसार, यस पटक गएको फेब्रुअरी २ तारिखका दिन सम्पन्न समाजको विशेष भेलाले सहमतिको आधारमा नयाँ कार्यसमिति गठन गरेको हो। नवगठित कार्यसमितिलाई बधाई एवं स्वागत गर्दै गत आइतबार विशेष कार्यक्रम आयोजना गरी बर दुबईमा पद हस्तान्तरण गरिएको छ।

    नयाँ कार्यसमितिको अध्यक्षमा रामबहादुर कुमाल “मुस्कान”, उपाध्यक्षमा क्रमशः बिष्णु पाण्डे र गोमा पन्थी, कोषाध्यक्षमा शेषकान्त न्यौपाने, सह-कोषाध्यक्षमा राजु घिमिरे, सचिवमा मधु राना, सह-सचिवमा प्रकाश रायमाझी चयन भएका छन्।

    त्यस्तै, समाजको सदस्यमा नारायण पाण्डे, यादव खनाल, विनोद पाण्डे, नारायण भुसाल, राजन पाण्डे, धिरन सुनार सर्वसम्मतिले चयन भएका छन्।

    निवर्तमान अध्यक्ष उमाकान्त पाण्डेलाई संस्थाको संरक्षकका रूपमा चयन गरिएको छ। साथै, संस्थाका पूर्वअध्यक्ष क्रमशः टुमलाल पाण्डे, खुमानन्द लामिछाने, दिनामनी पाण्डे, कार्यवाहक अध्यक्ष इन्दिरा पराजुली, तथा गिरिजाज पाण्डे र अग्रज हरीप्रसाद पाण्डेलाई सल्लाहकारको रूपमा चयन गरिएको छ।

    बर दुबईस्थित वेस्ट जर्नी ट्राभलको हलमा सम्पन्न कार्यक्रममा यूएईमा बस्ने बल्कोटेहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सन् २०१९ मा स्थापना भएको यस समाजले सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

    नवगठित कार्यसमितिले गाउँमा विभिन्न सहयोगका कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। संस्थाका निवर्तमान अध्यक्ष उमाकान्त पाण्डेले आफ्नो कार्यकालमा साथ, सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै समाजलाई अझ सशक्त र प्रभावकारी रूपमा अघि बढाउन सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    समाजले बल्कोटका स्थानीय बासिन्दालाई विभिन्न प्रकारका सहयोग गर्दै आएको छ। गाउँमा आगलागी पीडित, मृगौला तथा अन्य गम्भीर स्वास्थ्य समस्या भएका व्यक्तिहरू, मठ-मन्दिर तथा पौवाहरूमा कुर्सी, खुँडा तथा अन्य सामग्री उपलब्ध गराउँदै आएको छ।

    समाजले छत्रदेव गाउँपालिकाका सबै वडाका बासिन्दाका लागि शव व्यवस्थापन गर्न कोल्ड डिप-फ्रिजको पहल गरी गाउँ सभाबाट पारित गराई स्थानीय निकायको नीति तर्जुमा गर्नेसम्मको प्रक्रिया अघि बढाएको छ।

    हालै, बल्कोट–३, फएडाडा (खर्क)का दुवै मृगौला पीडित भेकबहादुर कुमाललाई बचाउन सहयोग संकलन अभियान सञ्चालन गरिएको समाजले जनाएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    १ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    १ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ४ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.