Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, May 2
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»हाल खबर विशेष»पररास्ट्र मन्त्री साक्षी राखेर भनियो: ‘मे महिनामा महाधिवेशन गरे फेरि एनआरएनए फुट्छ’
    हाल खबर विशेष

    पररास्ट्र मन्त्री साक्षी राखेर भनियो: ‘मे महिनामा महाधिवेशन गरे फेरि एनआरएनए फुट्छ’

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाण्डौं। गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले तय गरेको मे महिनाको महाधिवेशन रोक्न आग्रह गरिएको छ।

    गैरआवासीय नेपाली संघको महाधिवेशन विवादका सम्बन्धमा परराष्ट्र मन्त्री आरजु देउवाको समन्वयमा शुक्रवार बसेको बैठकमा वर्तमान अध्यक्ष डा. बद्री केसीको कार्यसमितिलाई अक्टोबरसम्म काम गर्न दिने विकल्पहरू प्रस्तुत गरिन्।

    परराष्ट्र मन्त्रालयमा आयोजित बैठकमा बोल्दै मन्त्री देउवाले गैरआवासीय नेपाली संघको विभाजनप्रति सरकार चिन्तित रहेको बताइन्। बैठकमा उनले संघको एकताको लागि दुई विकल्प प्रस्तुत गरिन्।

    गैरआवासीय नेपाली संघको सम्बन्धमा सर्वोच्च अदालतले दिएको दोस्रो फैसला अनुसार वर्तमान कार्यसमितिले अक्टोबरसम्म काम गर्ने र अक्टोबर महिनामा निर्वाचन गरेर नेतृत्व हस्तान्तरण गर्ने वा मे महिनामा एकता महाधिवेशन गरेर अक्टोबरमा नेतृत्व हस्तान्तरण गर्ने विषयमा छलफल गर्न मन्त्रीले आग्रह गरेकी थिइन्।

    बैठकमा संघका अध्यक्ष डा. बद्री केसीले सर्वोच्च अदालतका दुवै फैसला मानेर जान तयार रहेको बताउँदै दोस्रो फैसला कार्यान्वयन गरेर संस्थाको विधि र विधानभित्र रहेर आगामी महाधिवेशन गर्न आफू तयार रहेको बताए।

    बैठकमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्षहरूले मे महिनामा महाधिवेशन गर्दा संघको विभाजन हुनेतर्फ मन्त्री देउवाको ध्यानाकर्षण गर्दै पूर्वअध्यक्ष घलेलाई मे महिनाको अधिवेशन रोक्न र बृहत एकताको वातावरण निर्माण गर्न सचेत गराएका थिए।

    गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले मे महिनामा हुने महाधिवेशनले संस्थाभित्र एकता नहुने भन्दै महाधिवेशनका सबै प्रक्रिया रोक्न आग्रह गरे। डा. महतोले पूर्वअध्यक्ष शेष घलेको नेतृत्वमा स्थापना भएको अनडू लगायतका संस्था खारेज गरेर सबै पक्षलाई समेटेर महाधिवेशन गर्न अनुरोध गरे।

    बैठकमा संघका पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापाले मे महिनामा एकता अधिवेशन हुन नसक्ने विचार व्यक्त गरेका थिए। उनीहरूले मे महिनामा तय भएको महाधिवेशन तत्काल रोकेर थप छलफल पछि मात्र एकता महाधिवेशन गर्न सुझाव दिएका थिए। बैठकमा सहभागी कुल आचार्य, रविना थापा, विनोद कुँवर र जानकी गुरुङले मे महिनामा नै अधिवेशन हुने जिकीर गरे।

    बैठकमा पूर्वअध्यक्ष शेष घलेले मे महिनामा हुने महाधिवेशनको तयारीको बारेमा चर्चा गर्दै संस्थाको हितको लागि आफूले मे महिनामा अधिवेशन गर्न लागेको बताए। उनले मे महिनामा हुने महाधिवेशन सर्वोच्च अदालतको फैसला अनुरुप हुने दावी गरे।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.