नेपाली दुतावास आबुधाबीले संचालन गरेको विषेश राहदानी नवीकरण सेवाबाट ५ सय ४८ जनाले लाभ लिएका छन् ।
सार्वजनीक विदाको दिन समेत सेवा प्रवाह गर्ने उद्देश्यले दुतावासले आइतबार भिसाको म्याद सकिएका /सकिन लागेका , राहदानी हराएका र विभिन्न कारणले समस्यामा परी राहदानी बनाउन पर्नेहरुलाई सेवा दिएको थियो ।
दुतावास परिसरमा भएको विषेश सेवा मार्फत युएईका विभिन्न राज्यमा कार्यरत नेपालीले सेवा लिएका हुन् । उक्त अवसरमा काउन्सुलर प्रमाणीकरण सेवा समेत दिइएको दुतावासका दृतिय सचिव भुपेन्द्रप्रसाद घिमिरेले जानकारी दिए ।
राहादानी नवीकरणका लागि दुतावासमा आउने सेवाग्राहीको चापलाई न्युनीकरण गर्न दुतावासले अतिरिक्त सेवा संचालन गदैँ आएको छ । त्यसका लागि विषेश काउन्टर संचालन गर्न गैर आवासीय नेपाली संघ यूएईले संवयमसेवकका रुपमा सहयोग गदै आएको छ ।
रोकिएको समयमा सेवा दिन बञ्चित भएकाहरुलाई ध्यानमा दिदै दुतावासले सार्बजनीक विदाको दिन समेत सेवाप्रवाह गर्ने यूईएका लागि नेपाली राजदुज तेजबहादुर क्षेत्रीले बताए ।
प्रत्येक १० वर्षमा राहदानी नवीकरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही अनुसार अहिले राहदानी बनाउनेको संख्या देश र विदेशस्थित नियोगहरुमा बढी छ ।

