कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो हार खेपेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा कर्णाली काठमाडौं गुर्खाजसँग तीन विकेटले पराजित भयो ।
लिगमा दुई खेल सकेको कर्णालीको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा कर्णली जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटको हार खेपेको काठमडौँले पहिलो जित दर्ता गरेको छ । जितका लागि एक सय ५० रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको काठमाडौँले १९.३ ओभरमा सात विकेटको क्षतिमा एक सय ५३ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ४९ रन बनाएको थियो ।
Facebook Comments Box
