अल अहलिया एक्सचेन्ज युएईले आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना सुरु गरेको छ । अक्टोवर १७ तारिखदेखि फेब्रवरी १३ तारिखसम्म चल्ने प्रोमोसनमा सहभागी ग्राहकले १० वटा लक्जरी गाडी जित्न सक्नेछन् । युएईमा रहेको एक्सचेन्जको ३२ वटा शाखामध्ये कुनैपनि शाखाबाट आफ्नो देशमा पैसा पठाउने ग्राहकमध्ये १० जनाले उक्त उपहार जित्न सक्ने एक्सचेन्जका बजार प्रमुख सन्तोष नाहिरले जानकारी दिए ।
आउदै गरेको चाड क्रिसमस, अंग्रेजी नयाँवर्ष लगायतका चाडलाई समेटेर प्रोमोसन योजना ल्याइएको एक्सचेन्जले जनाएको छ । प्रोमोसनमा सहभागी बिजेताको पहिलो लक्की ड्र आबुधाबी, दुवई रर सारजहामा खोलिने एक्सचेन्जका स्याटलाइट तथा एपीएस मार्केटिङ म्यानेजर सुदर्शन जोशीले जानकारी दिए ।
यो अवधिमा एक्सचेन्जको युएईमा रहेका शाखाबाट नियमीत पैसा पठाउने ग्राहकको नाम स्वत लक्की ड्रमा जानेछ ।अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गदै आएको छ ।
यो वर्षका लागि भने तेस्रो प्रोमोसन योजना सार्वजनिक गरिएको हो । हालसम्मको प्रोमोसनबाट १०० जनाले १०० वटा कार पाइसकेको अपरेसन म्यानेजर मोहम्मद मारगुवले बताए । उनले थपे, अहिले विभिन्न अनलाइन प्लटफर्महरु आएपनि एक्सचेन्जमै आएर रेमिट गर्न ग्राहकले विश्वनीय मान्ने गरेका छन् । जसले गर्दा सम्बन्धलाई समेत बलियो बनाएको छ ।
योजनामा मुख्य रेमिट मुलुकहरु नेपाल,भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका,फिलिपिन्स लगायतका अन्य देशका नागरिक पनि सहभागी बन्न पाउनेछन् । अल अहलिया एक्सचेन्ज युएईमा उत्तम दर प्रदान गर्ने मुद्रा एक्सचेन्जहरु मध्येको एक हो । नेपालका हिमाल रेमिट र आइएमइ रेमिटले एक्सचेन्जसँगको साझेदारी गदै आएका छन् ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले बताए । डिजिटल प्रविधिको प्रयोगलाई बढ्वा दिदै नेपाली समुदायमा छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले रहेको उनको भनाई छ ।

