Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»कांग्रेस महामन्त्री थापा शुक्रबार कतार आउँदै
    श्रम/रोजगार

    कांग्रेस महामन्त्री थापा शुक्रबार कतार आउँदै

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दोहा । नेपाली कांग्रेसका महामन्त्री तथा संघीय सांसद गगन थापा शुक्रबार कतार आउँदै छन् । नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको १७ औं स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्न उनी कतार आउन लागेका हुन् ।

    अघिल्लो वर्षदेखि नै सुरु भएको जनतासँग नेपाली कांग्रेस कार्यक्रमको नेतृत्व गरिरहेका महामन्त्री थापा विभिन्न समयमा देश तथा विदेशको भ्रमण गरिरहेका छन् । नेपाली कांग्रेसको भावी नेतृत्व, भावी कार्यदिशा युवाहरूको काँधमा आउनुपर्छ भन्दै आफूलगायत केही युवा नेताहरूको साथमा देश दौडाहामा लागेका गगन पछिल्लो समय अमेरिका युरोप र मध्यपूर्वका देशहरुमा समेत नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समितिहरुको कार्यक्रममा सहभागिता जनाउँदै आएका छन्।

    कार्यक्रममा मध्यपुर्वका जनसंपर्क समितिका सभापतिहरु समेत सहभागी हुने कार्यक्रम छ । ओल्ड सलातामा रहेको प्लाजाइन सभाहालमा हुने कार्यक्रममा केन्द्रिय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभाग प्रमुख किरण पौडेल र केन्द्रिय सदस्य एवम् पूर्व नेविसंघ अध्यक्ष नैन सिंह महर समेतको उपस्थिति रहने जनसम्पर्क समिति कतारका सभापति मोहम्मद अजिज अलीले बताएका छन् ।

    कार्यक्रममा कतारमा रहेका सामाजिक,वैचारिक, संघसस्था तथा पत्रकार बुद्धिजीवी सामाजिक अभियान्ताहरु समेत सहभागी हुनेछन । साथै कतारमा रहेका नेपाली कांग्रेसका आस्थावान तथा युवा नेता गगन थापा लाई सुन्न प्रश्न गर्न चाहने सम्पूर्ण नेपालीहरुलाई आयोजकले सार्वजनिक निमन्त्रणा समेत गरेको जनाएको छ ।

    जनसम्पर्क समितिका महामन्त्री केदार भुसालका अनुसार कार्यक्रम दिनको ठीक १२ बजे सुरु हुने र कार्यक्रममा महामन्त्री गगन थापा साथै केन्द्रीय सदस्य दोय किरण पौडेल र नैन सिंह महरको विशेष सम्बोधन रहनेछ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    दुबईमा ‘हिल टप माउन्टेन लमजुङ ७ ए साइड फुटबल प्रतियोगिता’ हुने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.