नेपाली समुदायलाई लक्षित गदै युएईको वरदुवईस्थित सिन्दगाहा सिटी सेन्टरमा लुलु एक्सचेन्जको नयाँ शाखा विस्तार भएको छ ।
नेपाली समुदायको बढी जमघट हुने स्थानमा एक्सचेन्ज भएको र विदेशबाट स्वेशमा रकम पठाउन सजह एक्सचेन्जका शाखा प्रबन्धक सन्तोष थापाले जानकारी दिए ।
थापाले भने-“धेरै नेपालीहरु बरदुवईमा आफन्त भेट्घाट तथा घरमा पैसा पठाउन आउनु हुन्छ ।नजिकै एक्सचेन्ज नहुदा उहाँहरुलाई पनि अलि समस्या थियो।अब सहज भएको छ।”
नेपाली समुदायलाई लक्षित गरेर एक्सचेन्जले प्रोमोसन योजना समेत ल्याउन लागेको थापाले जानकारी दिए । सिटी सेन्टरमा स्थापना भएको लुलुको १३४ औँ शाखा हो । उक्त शाखाको उद्घाटन लुलु फाइनान्सियल होल्डिङका प्रबन्धक अदिव अहमदले गरेका थिए ।
लुलु एक्सचेन्जबाट नेपालका विभिन्न बैंक खाता, व्यक्तिको नाम र वालेटमा पैसा पठाउन सकिन्छ ।
साथै ई सेवा को प्रयोग गरि नेपाल पैसा पठाउने ग्राहकले काठमाण्डौँमा घर जितौँ योजनामा सहभागी हुने छन् । ई सेवाले विदेशबाट ई सेवाको प्रयोग गरी नेपालमा पैसा पठाउदा काठमाण्डौँमा घर जितौँ योजना ल्याउदै आएको छ ।
असार मसान्त सम्ममा इ सेवा मार्फत इ वालेटमा पैसा पठाउने ग्राहक मध्ये डिजिटल लक्की ड्र बाट छनोट हुने एकजनाले काठमाण्डौँमा घर जित्ने ई सेवा युएईका प्रतिनिधी इश्वर अधिकारीले जानकारी दिए ।