Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, May 2
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»करार र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको सामाजिक सुरक्षामा मन्त्रालयको चासो
    श्रम/रोजगार

    करार र अनौपचारिक क्षेत्रमा रहेका श्रमिकको सामाजिक सुरक्षामा मन्त्रालयको चासो

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमान्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले करारमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा समेटिने तयारी भै रहेको बताएका छन् । शुक्रबार कोहलपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले आगामी साउन देखि लागू हुने गरी करार र अनौपचारिक क्षेत्रका श्रमिकका लागि सुरक्षा योजना सञ्चालन गरिने बताएका छन् ।

    सरकारको नीति तथा कार्यक्रमले पनि अनौपचारिक क्षेत्र र करारमा रहेका श्रमिकको सुरक्षा योजनालाई समेट्नेको छ । यसलाई सहज बनाउन श्रम र अर्थमन्त्रालयका अधिकारी बिच छलफल भएको उनले बताए । “करार र अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षाका लागि हामीले कर्मचारी सन्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष र अर्थमन्त्रालय बिच छलफल गरेका छौ,” उनले भने ।

    छलफलमा विदेशका कारगारमा, कोमा र श्रमिकको शव लगायतका बिषयमा मन्त्रालयले तथ्यांक संकलन गरी रहेको पनि बताए । केही तथ्यांक प्राप्त भएको छ । पूर्ण तथ्याक प्राप्त भएपछि राहत र उद्धारका लागि रणनीति बनाईने उनले बताए । त्यस्तै, श्रम स्वीकृति लिएर गएका नागरिकको उद्धार, शबको व्यवस्थापन, बिमा, उपचार लगायतका सबै खालको जिम्मेवारी मन्त्रालय अन्र्तगतको वैदेशिक रोजगार बोर्डले लिने उनले बताए । तर, गैरकानुन तवरबाट श्रम स्वीकृति नलिई गएका श्रमिकको हकमा भने मन्त्रालयले आर्थिक सहयोग नगर्ने उनले स्पष्ट पारे । “उद्धारका लागि मन्त्रालयले सम्बन्धित मुलकको नियोग तथा अन्य सामाजिक संस्थासँग समन्वय मात्रै गर्न सक्छ,”उनले भने । त्यसैले श्रम स्वीकृति लिएर मात्रै रोजगारीमा जाने सुचना प्रवाह गरिदिन उनले आग्रह गरे ।

    यसका साथै मन्त्रालयले अहिले सीप विकासका कार्यमा जोड दिएको बताए । प्रत्येक श्रमिकलाई सीप सिकाउने गरी मुलुक भर व्यवसायीक सीप विकास तालिम केन्द्रको परिचालन गरिने उनले बताए । आगामी दिनमा बाध्यकारी वैदेशिक रोजगारीलाई अन्त्य गर्ने मन्त्रालयको लक्ष्य रहेको उनले बताए । वैदेशिक रोजगारी व्यवसायका लागि सरकारबाट अनुमति प्राप्त व्यवसायीलाई प्रोत्साहीत गरिने तर, गैरकानुनी रुपमा काम गरेमा निर्मम भएर कारवारही तथा नियमन पनि गरिने उनले बताए ।

    त्यस्तै, छलफलमा श्रम सचिव घनश्याम उपाध्यायले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई बिना धितोमा सरल कर्जा उपलब्ध गराउने बिषयमा मन्त्रालयले सम्बन्धित निकायहरुसँग छलफल गरी रहेको बताए । “चर्को ब्याजमा कर्जा लिएर श्रमिकहरु विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यतालाई हटाउन मन्त्रालयले सम्बन्धित निकायसँग छलफल गरी रहेको छ,” उलने भने ।

    त्यस्तै, मन्त्रालयले पूर्व प्रस्थान अभिमुखीकरण तालिमलाई व्यवस्थित गर्ने, रोजगार बैकको स्थापना गर्ने, आन्तरिक रोजगारलाई अभिवृद्धि गर्ने गरी प्रधानमन्त्री रोजगारी कार्यक्रमको संरचनालाई परिवर्तन लगायतका कार्य गरी रहेको उनले बताए । साथै त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा हेल्प डेस्क राखेर वैदेशिक रोजगारीबाट फर्केका श्रमिकको तथ्यांक संकलन गर्ने योजना पनि बनाई रहेका छौ ।

    छलफलमा बाँके जिल्लामा सक्रिय पत्रकारको बाक्लो उपस्थिती रहेको थियो । पत्रकारले श्रममन्त्री अर्यालसँग श्रम तथा रोजगारका बिषयमा प्रश्न गरेका थिए ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    यूएईमा ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाइयो

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.