आबुधावी । अन्तराष्ट्रिय सेफ सोसाइटी केन्द्रीय समितिले १८ मुलुकमा आफ्नो संजाल बिस्तार गरेको छ । युएई, अमेरिका, युरोप सहित १८ देशमा शाखा संजाल बिस्तार गरिएको हो ।
नेपाली सेफहरुको व्यक्तित्व विकास तथा नेपाली खानाको स्तर उन्नतिको लागि हाम्रो अभियान भन्ने मुल नाराका साथ विश्वभर छरिएर रहेका सेफहरुलाई सङ्गठित गरिएको अन्तराष्ट्रिय सेफ सोसाइटी केन्द्रीय अध्यक्ष अरुण अधिकारीले जानकारी दिए ।

दक्ष जनशक्ती उत्पादन गरी नेपाली खाना र परीकारलाई प्रचार प्रसार गर्ने मुख्य उद्देश्यले एकिकृत भएका सेफ (भान्से) हरुले बिभिन्न देशमा रहेका नेपाली सेफहरुलाई एउटै सस्थामा जोड्न अन्तराष्ट्रिय रुपमै सस्थालाई विस्तार गरेका हुन ।
सोसाइटीले बिभिन्न देशमा रहेका अन्य देशका भान्सेहरुसँग समेत हातेमालो गर्दै काम गर्ने जनाएको छ । संसारभरका सेफहरुलाई सस्थामा आबद्द भई एकत्रित हुन अध्यक्ष अधिकारीले अनुरोध समेत गरेका छन ।
३ महिना पहिले अन्तराष्ट्रिय सेफ सोसाइटीको अध्यक्षमा युएईमा कार्यरत अरुण अधिकारी निर्वाचित भएका थिए । सेफ सोसाइटी युएईका नीवर्तमान अध्यक्ष समेत रहेका अधिकारीलाई सेफहरुको अन्तराष्ट्रिय कमिटीले अध्यक्षका लागि सर्वसहमतीमा निर्वाचित गरेको थियो । अधिकारीले आफ्नो नेत्रित्वमा संसारभरका नेपाली भान्सेहरुलाई एउटै छाता मुनी राख्ने लक्ष्य राखेका छन ।
