अनलाइन खबर ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरीद अनुगमन कार्यालयले २२ कम्पनीलाई कालोसूचीमा राखेको छ।
अनुगमन कार्यालयले सोमबार सूचना प्रकाशित गरी सार्वजनिक खरीद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।
उनीहरूलाई सूचना प्रकाशित भएकै दिनदेखि लागू हुने गरी कालोसूचीमा राखिएको हो।
जसमध्ये चार कम्पनीलाई तीन वर्षका लागि, एक कम्पनीलाई दुई वर्ष ६ महीनाका लागि, चार कम्पनीलाई दुई वर्षका लागि, पाँच कम्पनीलाई एक वर्ष ६ महीनाका लागि र आठ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो।
कालोसुचीमा पर्ने कम्पनीको नामावली सहित ।

Facebook Comments Box
