Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ३ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ३ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 12
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»ब्लग»नेपालमा राजतन्त्र पुनर्स्थापनाको चर्चा र आवश्यकता
    ब्लग

    नेपालमा राजतन्त्र पुनर्स्थापनाको चर्चा र आवश्यकता

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    यज्ञप्रसाद सापकोटा : एकातिर राजनीतिक स्थायित्व र देशको समृद्धिको कुरा भइरहेछ भने अर्कातिर राजतन्त्र फर्काउने चर्चा जोडतोडले चल्न थालेको छ । जसमा स्वंयम राजा पनि देखिएका छन भने ,चर्चित ब्यबसायि दुर्गा प्रसाईले यो अभियान को भुमिका निभाई रहेका छन । त्यस्तै बिभिन्न संगठनले यो अभियानमा पहिल्यैदेखि नै आवाज उठाउदै आएका थिए ।

    यो नेपालको दुर्भाग्य हो कि बाध्यताले निर्धारण गरेको बाटो हो ? नयाँ संविधान, नयाँ व्यवस्था, नयाँ मान्यता, नयाँ आकांक्षाहरूले मानिसलाई डोहोराउनेपर्ने बेला किन तिनको विकल्पको चर्चा, सम्भावना खोजी र संघर्ष गर्ने वातावरण बनिरहेको छ ? यसको एउटै कारण हो– वर्तमान राज्यव्यवस्था र विधिबाट जनता सन्तुष्ट छैनन् । जनता चरम निराशामा छन ।

    राजा ज्ञानेन्द्रले शासन सत्ता सुरु गर्नेबित्तिकै राजतन्त्रै फाल्ने कुरा चलेको थिएन । तर जब उनले शक्ति र सत्ता आफूमा केन्द्रित गर्दै गए तब मात्र राजतन्त्र विवादमा आएको थियो, गणतन्त्रको नारा लाग्न थालेको थियो । आज त्यही इतिहास दोहोरिन थालेको देखिन्छ । जहा देशै भरी राजतन्त्रको पक्षमा नारा हरु गुन्जिन थालेका छन । पछिल्लो समय राजसंस्थाको पक्षमा नागरिक समाज कलाकार, बुद्धिजीवी, समाजमा चिरपरिचत व्यक्तित्वहरु बढदै गएका छन । जब सत्ता र शक्ति दुरुपयोग हुन थाल्छ तब यो चुनौती बन्न थाल्छ। आजको स्थिति यस्तै देखिएको छ।

    २०४६ सालमा पञ्चायत व्यवस्था फाल्ने आन्दोलन भएको थियो। त्यस बेला राजतन्त्रलाई नै आघात पुराउने आन्दोलनको लक्ष्य थिएन । पञ्चायती व्यवस्था गयो अर्थात् राजाको सोझो नेतृत्व समाप्त भयो तर राजतन्त्र कायमै रह्यो । २०६३ सालको जनआन्दोलनले भने राजतन्त्रलाई नै आघात पुरायो । त्यस बेला राजनीतिक व्यवस्था नै राजासित गाँसिन गयो। आज पुनः त्यही अवस्था देखिएको छ। आज प्रधानमन्त्री प्रचन्डसित गणतन्त्र र यसका अङ्गप्रत्यङ्ग गाँसिएका छन्। तर प्रचन्ड हटाऊ भत्रे नारा सुनिँंदैन। किनकि वर्तमान व्यवस्थामा उनी अचल छन्। त्यसैकारण उनले सञ्चालन गरिरहेको व्यवस्था हटाउने आवाज उठ्न थालेको हो।

    नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र त्यसका लागि हाम्रो इतिहासले राजतन्त्र नै अगाडि सार्छ ।

    एउटा विकल्प नेपालमा राजतन्त्र को पुन:स्थापनानै हो । आखिर किन एकपल्ट हटाइसकेको राजसंस्था पुनर्बहाली गर्नुपर्यौ ? यसको मुख्य कारण हो– नेपालको अस्तित्व नै खतरामा पर्न लाग्नु। सत्ता गठबन्धनका नेताहरूनै यस्तै स्थिति रहिरहने हो भने प्रचन्ड सरकारको त के कुरा, देशै नरहने आशंका व्यक्त गर्छन् । नेपालका जान्नेसुन्ने मानिस पनि नेपालको अस्मिता मात्र होइन, अस्तित्व नै समाप्त हुन लाग्यो भन्दै खबरदारी गरिरहेका छन्। यसैबाट थाहा पाउन सकिन्छ कि राजसंस्थाको सम्झना र पुनः स्थापनाको आवह्वान भइरहेको हो।

    राजसंस्थाका केही यस्ता गुण छन् जुन नेपालजस्तो सानो र ठूला छिमेकी मुलुकहरूले घेरिएको देशलाई काम लाग्छन्। राजसंस्था राष्ट्रिय एकताको प्रतीक हुन्छ। नेपाललाई एक स्वतन्त्र मुलुकका रूपमा व्यवहार नगर्ने चेष्टा भएको देखिएकै हो। यस्तो चहलपहल खासगरी २०४६ सालको राजनीतिक परिवर्तनपछि भएको पाइन्छ। राजतन्त्रले छिमेकी र विदेशीहरूको निर्देशन लागू र मनोमानी हुन दिएन भनेर राजा वीरेन्द्रको परिवारै हत्या गरिएको तथा मदन भण्डारीजस्ता नेताको अन्त्य गराइएको आदि शंका र विश्वास गरिन्छ। यसबाट के स्पष्ट हुन्छ भने नेपाल र नेपालीको स्वतन्त्र अस्तित्व बचाउन एउटा राष्ट्रिय प्रतीक आवश्यक छ र त्यो हाम्रो इतिहासले राजतन्त्रलाई अगाडि सार्छ।

    यसैकारण हो–

    नेपालमा राणाहरूको बोलवाला हुँदा पनि तिनले राजतन्त्र जोगाइराखे। राजा र राजपरिवारलाई एउटा खोपीमा सीमित राखे पनि उनीहरूले यसको उन्मूलन नै भने गरेनन्। जंगबहादुरलगायत अन्य राणा प्रधानमन्त्री हुँदा आफैँ राजा हुन सक्थे। किनकि सत्ता र शक्ति आफ्नै हातमा थियो। तर राजसंस्थाको महत्व र गरिमा बुझेरै उनीहरूले यसको ठाउँ लिएनन्। २०६३ सालको राजनीतिक परिवर्तनले राजसंस्थालाई पन्छाइदियो। नेपाली जनताले एकपटक ‘हेरिहालूँ’ भनेर गणतन्त्र पनि स्वीकार गरे। तर यसअन्तर्गत स्थापित राष्ट्रपतिले न राष्ट्रिय एकताको प्रतीकको भूमिका निर्वाह गर्न सके न त राष्ट्रिय प्रतिष्ठा र सम्मान नै प्राप्त गर्न सके !

    हुन त नयाँ संविधानले राष्ट्रपतिलाई कुनै प्रकारको अधिकार दिएको छैन। यसर्थ राष्ट्रपतिले चाहे पनि राज्य सञ्चालनमा भूमिका पाउन सक्दैनन्। तर आफ्नो व्यक्तिगत व्यवहार र गतिविधिबाट जनप्रिय हुन सक्छन्। तर त्यसो गर्न पनि सकेको देखिएन। उल्टै राजसी ठाँटमा प्रस्तुत हुन थालेपछि त्यो संस्था नेपाली जनताको नजरमा सम्मानित बन्न सकेन।

    राजावादी केही संस्थाले नेपालमा राजतन्त्र भारतको इशारामा अन्त्य गरिएको हो त्यसैले उसैले पुनर्बहाली गर्दै छ भन्छन्। भारतको निर्वाचनमा भारतीय जनता पार्टीको विजय भएपछि यो कार्य हुने निश्चित भएको विश्वास पनि प्रकट गरेको पाइन्छ। यसमा अर्को छिमेकी चीनको पनि सहमति रहेको तर्क सुनिन्छ। यो दाबी तर्कसंगत देखिन्छ। तर यसमा एउटा ठूलो कमजोरी लुकेको छ। राजसंस्था विदेशीले हटाउने र विदेशीले नै पुनस्र्थापना गरिदिने हो भने नेपालीको कुनै भूमिका देखिँदैन। हामीले खोजेको नेपाली जनताले चाहेको राजसंस्था हो। जुन नेपालको स्वतन्त्र अस्तित्वको प्रतीक हो। विदेशी हैकममा रहने र चल्ने राजसंस्था हामीले खोजेको होइन। त्यसकारण राजसंस्था माग गर्नु उचित हो तर विदेशीको बुई चढेर आउने कुरा गर्नु गलत हो।

    नेपालमा राजसंस्थाको महत्व बुझ्न अफगानिस्तान हेर्न जरुरी छ। जुन मुलुकमा सयौँ वर्षदेखि विदेशीहरूको राज चलेको हो। कहिले सोभियत युनियनले कब्जा गरे भने, कहिले अरुलेनै प्रभाव जमाए। तालिवानसित लड्ने निहुँमा अमेरिकी सेनाको लगभग अन्त्य नै भयो । त्यहाँ पनि राजतन्त्र थियो जुन समाप्त भयो ।

    विदेशीहरूको जति हस्तक्षेप र प्रभाव भए पनि त्यो मुलुकको स्वतन्त्रता हरण हुने कुरा भने कहिले सुनिएको छैन। त्यो एक स्वतन्त्र मुलुककै रूपमा परिचित छ। केही समयका लागि विदेशीहरूको बोलवाला चल्ने गरेको छ। त्यो एक स्वतन्त्र मुलुककै रूपमा परिचित छ। त्यहाँबाट पनि नेपाल जस्तो मुलुकले धेरै कुरा सिक्न सक्छ ।

    लेखक यज्ञप्रसाद सापकोटा अर्घाखाँची छत्रदेव (बल्कोट) ३ साजबोट स्थाई घर भई हाल गोरक्ष संरक्षण जागरण अभियानमा सकृय छन ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.