Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मेन स्टोरी»यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र
    मेन स्टोरी

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    हालखबर अनलाइनBy हालखबर अनलाइन७ महिना अगाडि3 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    अबुधाबी – यूएईस्थित नेपाली दूतावास, अबुधाबीकी काउन्सिलर तथा उप–नियोग प्रमुख र दूतावासकी प्रवक्ता समेत रहेकी रन्जिता दाहालले आफूमाथि केही सार्वजनिक माध्यममा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाउँदै ती समाचारको खण्डन गरेकी छन् । साथै उनले संचारमाध्यम र संचारकर्मीमाथि छानबिन गर्न माग गर्दै संचारमन्त्रीलाई खुला पत्र लेखेकी छन्।

    दाहालले सामाजिक सञ्जालमार्फत खुला पत्र सार्वजनिक गर्दै, “भ्रष्टाचारविरुद्ध आवाज उठाउने आफू र आफूजस्ता इमान्दार कर्मचारीलाई लक्षित गरेर भइरहेका ‘मिडिया ट्रायल’ बन्द गर्नुपर्छ” भन्दै आग्रह गरेकी छन्।

    सामाजिक सञ्जालमै उनले लेखेकी छन् – “आम श्रमिक र सुशासनको पक्षमा रही भ्रष्टाचारविरुद्ध लड्दा बारम्बार मिडियाबाट ट्रायल भोग्नुपरेको छ। केवल सस्तो लोकप्रियता र भ्युजका लागि पत्रकार र मिडिया हाउसहरूबाट निरन्तर दुःख पाउनु अन्याय हो।”

    हालै सामाजिक सञ्जाल र केही अनलाइन पत्रिकामा “सेवाग्राहीलाई दूतावासले थुनाइदियो” भन्ने आशयका समाचार प्रकाशित भएपछि उनले संचार तथा सूचना प्रविधि मन्त्रीलाई खुला पत्रमार्फत वास्तविकता प्रष्ट्याएकी हुन्।

    उनको भनाइमा, घटना कार्यालय समयपछि मदिरा सेवन गरेका केही व्यक्तिले दूतावास परिसरमा होहल्ला र झगडा गर्न थालेपछि सुरक्षा दृष्टिले दूतावासको सुरक्षामा खटिएका सुरक्षा कर्मीमार्फत नियन्त्रणमा लिइएको हो। तर समाचारमा आफूले प्रहरी बोलाएर सेवाग्राहीलाई थुनाएको भनी निराधार आरोप लगाइएको उनले उल्लेख गरेकी छन्।

    दाहालले भनिन् – “मैले कसैलाई थुनाउने आदेश दिएको छैन, दिन पनि सक्दिन। घटना घट्दा म दूतावासमै थिइनँ। तर नियतवश एउटै पत्रिकाले पटक–पटक मेरो नाम जोडेर आक्रमण गर्दै आएको छ। त्यसैले संचारमन्त्रीज्यू, कृपया सो घटनाका पीडितसँग सोधपुछ गरी मेरो संलग्नता भए नभएको छानबिन गरियोस्, र गलत समाचार लेख्नेलाई कानूनी कारबाही गरियोस्।”

    उनले सम्बन्धित संचारमाध्यमले बारम्बार तथ्यहीन र भ्रम फैलाउने समाचार प्रकाशित गर्दै दूतावासका कर्मचारीको चरित्र हत्या गर्न खोजेको आरोप समेत लगाएकी छन्।

    दाहालले थप प्रश्न गर्दै भनिन् – “यदि मैले नै प्रहरी बोलाएर थुनाएको भन्ने हो भने पीडित भनिएका व्यक्तिसँग मेरो फोटो देखाएर सोधपुछ गर्नुहोस्। उनले ‘हो’ भने म जुनसुकै सजाय भोग्न तयार छु।”

    पत्रमार्फत उनले नेपालका इमान्दार कर्मचारीले ‘गलत काम मिलेर नगरेको’ कारण दलाल र केही मिडियाको आडमा पत्रकारले निरन्तर बदनाम गर्दै आएको गुनासो समेत गरेकी छन्। यसअघि पनि यूएईमा उप–नियोग प्रमुखका हैसियतले काम गरेका असल कर्मचारीमाथि यस्तै आक्रमण हुने गरेको स्मरण गराउँदै, यसप्रकारको प्रवृत्तिबाट कर्मचारीलाई जोगाउन सरकारको ध्यानाकर्षण गराएकी छन्।

    उनले श्रमिक हितमा दूतावासले सञ्चालन गर्दै आएका सचेतना कार्यक्रम, आपत्कालीन सहयोग तथा सेवाग्राहीका हकहितमा उठाउँदै आएका आवाजलाई बदनाम गर्न खोजिएको आरोप समेत लगाएकी छन्।

    समाचारमा आफू र स्थानीय कर्मचारीको नाम जोडेर व्यक्तिगत तथा संस्थागत रूपमा गलत अफवाह फैलाइएको भन्दै उनले सचेत गराएकी छन्। साथै, सम्बन्धित प्रकाशित पत्रिका, अन्य संचारमाध्यम र प्रेस काउन्सिलसम्म आफ्नो ध्यानाकर्षण पुर्‍याउँदै आफूसहित प्रकाशित समाचार, पत्रकार तथा संचारमाध्यममाथि छानबिन गर्न पनि माग गरेकी छन्।

    मंगलबार अन्नपूर्ण पोस्ट अनलाइनमा ‘गुहार माग्न जाँदा कृष्णबहादुरलाई दूतावासले नै हत्कडी लगाएर प्रहरीको जिम्मा लगायो’ शीर्षकमा समाचार प्रकाशित भएको थियो। भिडियो सहित प्रसारित सो समाचारमा पीडित भनिएका कृष्णबहादुरले उप–नियोग प्रमुखको नाम कतै उल्लेख गरेका छैनन्। बरु उनले कार्यालय समय सकिनु केही समयअघि दूतावासकी एक दिदीले आफ्नो समस्या समाधान गरिदिन आग्रह गर्दै दूतावासकै एक कर्मचारीलाई अर्ह्याएको उल्लेख गरेका छन्। हाल: दुतावासमा महिला कर्मचारीको रुपमा एक मात्रै महिला दाहाल (उपसचिव ) को रुपमा कार्यरत छिन।

    यसै बीच नेपाली दूतावास आबुधावीले समेत एक प्रेस विज्ञप्ति जारि गर्दै सो समाचारको खण्डन एवंम भ्रत्सना गरेको छ। बुधबार प्रेस विज्ञप्ति जारि गर्दै दूतावास श्रमिकहित र सेवाग्राहीमैत्री काममा निरन्तर प्रतिबद्ध भएको उल्लेख गरेको छ।

    यूएईस्थित नेपाली दूतावास, अबुधाबीकी काउन्सिलर तथा उप–नियोग प्रमुख र दूतावासकी प्रवक्ता समेत रहेकी रन्जिता दाहालले सामाजिक सञ्जालमार्फत संचारमन्त्रीलाइ लेखेको सार्वजनिक खुल्ला पत्र

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.