Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, May 2
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»श्रम/रोजगार»दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै
    श्रम/रोजगार

    दुबईमा श्रमिक सचेतना र सुरक्षित आप्रवासन सम्बन्धी ‘बृहत् संवाद कार्यक्रम’ हुँदै

    उमाकान्त पाण्डेBy उमाकान्त पाण्डे१२ महिना अगाडि1 Min Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई, – अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर नेपाली समाज यूएईले समाजमा आबद्द जिल्ला समाज तथा नेपाली दूतावाससँगको सहकार्यमा बृहत् संवाद कार्यक्रम आयोजना गर्ने भएको छ। ‘श्रमिक सचेतना तथा सुरक्षित आप्रवासन सम्बन्धि बृहत् संवाद कार्यक्रम’ भोली आईतवार दुबईस्थित ब्लु प्यालेस होटल, बरदुबईमा गर्न लागिएको हो ।

    कार्यक्रममा यूएईमा कार्यरत नेपाली समुदायबीच श्रमिक अधिकार, आप्रवासन सुरक्षा तथा श्रम सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले संवाद र छलफल हुने आयोजकले जनाएका छन् । साथै कार्यक्रमको विशेष आकर्षणको रुपमा दुबईमा स्थापित नेपाली कलाकारहरूको सांगीतिक प्रस्तुति समेत पनि रहनेछ।

    कार्यक्रममा चर्चित गायक दीपक शाह ठकुरी, नरेन सापकोटा, गायिका कविता रानाभाटको सांगीतिक प्रस्तुति रहनेछ भने, नृत्य तर्फ निरु तामाङको प्रस्तुति हुनेछ। साथै, हास्य कलाकारहरु शिव सापकोटा, एल पी खनाल,कामना केसी , आरबी न्यौपाने,मनिता पाण्डे, अशोक बोगटी लगायतको प्रस्तुति रहनेछ।

    प्रवेश निःशुल्क रहने उक्त कार्यक्रममा श्रमिक, विद्यार्थी तथा यूएईस्थित सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भई जानकारी लिन नेपाली समाज यूएईका अध्यक्ष राम मोक्तानले आग्रह गरेका छन ।

    कार्यक्रममा १० बर्ष भन्दा लामो समयदेखी यूएईमा काम गरिरहेका महिलाको हकमा ५० पुरा भएका तथा पुरुषको हकमा ५५ वर्ष उमेर पुगेकाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

    Facebook Comments Box

    Author

    • उमाकान्त पाण्डे
      उमाकान्त पाण्डे

      अर्घाखाँची स्थायी घर भएका पाण्डे डेढ दशकयता यूएईमा बसेर पत्रकारिता गर्दै आएका छन् । बैदेशिक रोजगार, श्रम र श्रमिकका बिषयमा कलम चलाउने पाण्डेसँग विभिन्न रेडियो, पत्रिका तथा अनलाइनमा काम गरेको अनुभव छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.