Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»खेलकुद»विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास
    खेलकुद

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    हालखबर अनलाइनBy हालखबर अनलाइन७ महिना अगाडि5 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    सारजहा । नेपालले वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखलामा लगातार दुई जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको छ ।

    २ दिनअघि शनिबार ऐतिहासिक जित हासिल गरेको नेपालले सोमबारको खेलमा प्रभावशाली जित निकालेर टेस्ट राष्ट्रविरुद्ध पहिलो शृंखलामै शानदार प्रदर्शन गरेर शृंखला नै जितेको हो ।

    वेस्ट इन्डिजसँगको सोमबारको खेलमा नेपालले ब्याटिङ, बलिङ र फिल्डिङ तीनवटै पक्षमा गजबको प्रदर्शन गर्‍यो । विपक्षी खेलाडीलाई नै चकित पार्ने नेपालको फिल्डिङ जोशले मैदानभित्रदेखि संसारभर हेरिरहेका समर्थकहरूमाझ तरंग पैदा गरेको थियो ।

    कप्तान रोहित पौडेलले सिरिजअघि बोलेको कुरा प्रमाणित गरेर देखाएका छन् । उनले वेस्ट इन्डिजविरुद्ध शृंखला जित्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    आजको खेलपछि कप्तान रोहितले शृंखला जित्न पाउँदा धेरै खुसी लागेको बताए । ‘२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ, महत्वपूर्ण सिरिज थियो हाम्रो लागि’ उनले भने, ‘विश्वलाई देखाउनका लागि पनि जित्नुपर्ने थियो, हामीमा धेरेको नजर छ । पछिल्ला वर्षमा राम्रो गर्दै आएका छौं , अझै राम्रो हुँदै जानेछ भन्ने आशा छ।’

    शृंखलाको दुई खेल मात्र सकिँदा वेस्ट इन्डिजको टोली नेपालसामू निरिह देखिएको छ । अन्तिम खेलमा वेस्ट इन्डिजलाई क्लिनस्वीपबाट जोगिने दबाब पनि रहनेछ ।

    दुई खेल, दुई नयाँ इतिहास

    नेपाली क्रिकेट टोलीका लागि यस शृंखलामा इतिहास बनाउने दुई अवसर रहेकोमा दुवै पूरा भएको छ ।

    आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने तथा द्विपक्षीय शृंखला जित्ने पनि नेपाललाई अवसर थियो । शृंखलाका तीनमध्ये दुई खेल मात्र सकिँदा यी दुवै रेकर्ड बनेको छ ।

    नेपालले हालसम्म हङकङ, मलेसिया, यूएई, अमेरिका, नेदरल्याण्ड्स, केन्यासँग द्विपक्षीय शृंखला खेलेको छ । जहाँ नेपालले ४ शृंखलामा जित निकालेको छ ।

    सन् २०१४ मा श्रीलंकामा भएको शृंखलामा नेपाल हङकङसँग पराजित भएको थियो । त्यस्तै सन् २०१५ मा नेदरल्याण्ड्स गएर खेलेको नेपाली टोलि १ खेलमा विजयी हुँदा २ खेलमा पराजित भएको थियो ।

    सन् २०१९ मा यूएईमा भएको शृंखलामा २ खेल जित्दा १ खेलमा पराजित भयो । २०१९ मै मलेसियामा भएको शृंखलामा नेपालले २ मध्ये २ खेल नै जितेको थियो ।

    २०२२ मा केन्यामा गएर शृंखला खेलेको नेपालले ३ खेल जित्दा २ खेलमा पराजित भयो । २०२४ मा हङकङमा भएको एकमात्र खेलमा नेपाल पराजित भएको थियो ।

    ब्याटिङ, बलिङ र फिल्डिङमा अब्बल प्रदर्शन

    नेपालका लागि दोस्रो खेलको जित अझ विशेष रह्यो । यस खेलमा नेपालले ९० रनको फराकिलो जित निकाल्दै २ पटकको विश्वविजेता टोली वेस्ट इन्डिजलाई पूर्णरूपमा निरिह बनायो ।

    नेपालले टस जितेर सुरुवाती ब्याटिङको निर्णय गरेको थियो । सुरुवात राम्रो नभएपनि नेपालको मध्यक्रम फेरि आज सुदृढ देखियो । ४३ रनमा ३ विकेट गुमेको अवस्थाबाट आसिफ शेख र सन्दीप जोराले शतकीय साझेदारी गरे ।

    यस क्रममा आसिफले ४७ बलमा अविजित ६८ रन बनाए भने जोराले ३९ बलमा ६३ रनको विस्फोटक पारी खेले । जोराले ३ चौका र ५ छक्का प्रहार गरेका थिए ।

    खेलपछि कप्तान रोहितले आसिफ र जोराको इनिङको प्रशंसा गरे । ‘स्ट्राइक रोटेटदेखि शट सेलेक्सनमा राम्रो भयो, राम्रो पार्टनरशिप बनेपछि जित्छौं भन्ने थियो’ उनले भने ।

    त्यसपछि जवाफी ब्याटिङमा आएको वेस्ट इन्डिजविरुद्ध नेपाल सुरुदेखि नै हावी बन्यो । खेलको तेस्रो ओभरमा दीपेन्द्रसिंह ऐरीले पहिलो सफलता हात पारे भने चौथो ओभरमा कुशल भुर्तेलले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले ५ रन जोड्दा २ विकेट गुमायो । पावरप्ले सकिँदा वेस्ट इन्डिजले २ विकेट गुमाएर १६ रन मात्र बनाएको थियो ।

    रोहितले पावरप्लेमा सोचेभन्दा राम्रो बलिङ भएको बताए । ‘पावरप्लेमा शानदार बलिङ रह्यो । करण र दीपेन्द्रले शानदार गरे त्यसपछि सबै राम्रो भइहाल्यो, उनिहरू प्रेसरमा आइसकेको थियो’ रोहितले थपे ।

    नवौं ओभरमा गुल्शनले शानदार क्याच लिएपछि वेस्ट इन्डिजले तेस्रो विकेट गुमायो । त्यसपछि आदिलले ३ ओभरको स्पेलमा ३ विकेट निकाले । यसबीचमा कुशल भुर्तेलले पनि १ विकेट लिए ।

    गुल्शनले बाउन्ड्रीमा अर्को शानदार डाइभिङ क्याच लिँदा वेस्ट इन्डिजको नवौं विकेट गुमिसकेको थियो । त्यसपछि अन्तिम विकेटका रूपमा भुर्तेलले सफलता प्राप्त गर्दा करणले राम्रो क्याच लिए ।

    आदिलले ४ तथा भुर्तेलले ३ विकेट लिएपछि वेस्ट इन्डिजको इनिङ धराशायी बनेको थियो । त्यसमाथि फिल्डिङमा उत्कृष्ट प्रदर्शन हुँदा सुनमा सुगन्ध थपिएको थियो ।

    रोहितले फिल्डिङमा नेपाल राम्रो भएको र धेरै मेहेनत पनि गरेको उल्लेख गरे । ‘हाम्रो विशेषता भनेकै उत्कृष्ट फिल्डिङ हो, धेरै मेहेनत पनि गरेका छौं’ उनले भने ।

    सन्दीप र आदिलको उत्कृष्ट कमब्याक

    राष्ट्रिय टोलीमा ३ वर्षपछि फर्किएका मोहम्मद आदिल आलमले सोमबारको खेल खेल्ने मौका पाए । ब्याटिङमा एक छक्का र एक चौकासहित ११ रन बनाएका आदिलले बलिङमा शानदार प्रदर्शन गरे ।

    कप्तान रोहितले आदिललाई एकै स्पेलमा तीन ओभर र त्यसपछि अर्को स्पेलमा एक ओभर गराए । आदिलले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । फिल्डिङमा पनि एक क्याच लिए । आदिलले पुनरागमनमार्फत पाएको मौकालाई सदुपयोग गरेका छन् ।

    ३ वर्षअघि स्पट फिक्सिङ प्रकरणमा परेर प्रतिबन्धमा परेका आदिल प्रतिबन्ध फुकुवापछि नेपाली टोलीको क्याम्पमा बोलाइएका थिए भने त्यसपछि आसामसँग खेल्ने नेपाल ए को टोलीमा परेका थिए । आसामसँगको शृंखलामा आदिलको प्रदर्शन शानदार रह्यो । त्यहीँको प्रदर्शनबाट उनलाई राष्ट्रिय टोलीमा बोलाइएको थियो ।

    यस्तै सन्दीप जोराले पनि आसामसँगको शृंखलामा देखाएको लयलाई निरन्तरता दिए । उनले पहिलो खेलमा धेरै रन बनाउन नसकेपनि आजको खेलमा मध्यक्रममा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टोलीमा पुनरागमन गरेसँगै आफूलाई प्रमाणित पनि गरेर देखाएका छन् ।

    शृंखलाको अन्तिम खेल मंगलबार हुँदैछ । भोलिको खेलमा पनि जित निकाले अर्को इतिहास फेरि बन्नेछ । नेपालले हालसम्म खेलेका ३ वा सोभन्दा बढी खेलको द्विपक्षीय शृंखलामा क्लिनस्वीप गरेको छैन ।

    मंगलबारको खेल जितेमा नेपालले आफ्नो इतिहासको पानामा सन् २०२५ मा हासिल गरेको यो उपलब्धि सुनौलो अक्षरले लेख्नेछ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.