Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ३ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ३ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Thursday, April 16
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो
    यूएई

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    हालखबर अनलाइनBy हालखबर अनलाइन२ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं– वैदेशिक रोजगारीका नाममा ठगी गरिरहेका सर्लाहीका कोमलराज उपाध्यायलाई दुबईबाट पक्राउ गरिएको छ। एनसीबी अबुधाबीको समन्वयमा उनलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट पक्राउ गरिएको नेपाल प्रहरीले जनाएको छ। यसअघि उनको नाममा ठगी मुद्दामा ‘रेड नोटिस’ जारी भएको थियो।

    उपाध्याय समेत सञ्चालक रहेको दुबईस्थित त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सिजले त्यहाँ आर्म्स गार्ड, डीपीएस सेक्युरिटीमा काम लगाइदिने भन्दै ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई शुक्रबार नेपाल फिर्ता ल्याइएको छ।

    आकर्षक तलब र सुविधा हुने भनी सो कन्सल्टेन्सिजबाट प्रलोभन देखाउने गरिन्थ्यो । भिजिट भिसामार्फत नेपालबाट दुबई बोलाएर रोजगारीका निम्ति भन्दै ‘पीडित’बाट रकम लिइन्थ्यो । त्यसपछि भनेबमोजिम कुनै पनि रोजगारीमा नलगाई ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

    त्यसरी ठगी गरेको भन्दै ५१ जनाले उपाध्यायविरुद्ध जाहेरी दरखास्त दिएका थिए। अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउका निम्ति उनीविरुद्ध इन्टरपोल महासचिवालयबाट ०७९ वैशाख २७ गते रेड नोटिस जारी भएको थियो।

    यसअघि पनि दुबईमै पक्राउ परेका थिए

    यसअघि २०७८ सालमा भिजिट भिसाको आवरणमा नेपालबाट युनाइटेड अरब इमिरेट्स (यूएई) मानव तस्करी गर्दै आएको ‘गिरोह’का नाइके कोमलराज उपाध्याय पक्राउ परेका थिए। उनले भिजिट भिसामा दुवई पु-याएका एक नेपालीलाई अपहरण गरी दुवईमै बन्धक बनाएर कुटपिट गरेको खुलेपछि दुवई प्रहरीले उनलाई पक्राउ गरेको थियो।

    दुवईस्थित बिभिन्न सामाजिक संघसस्था तथा प्रतिनिधिहरुको सहयोगमा उपाध्याय सो बेला पक्राउ परेका हुन् । उनले नेपालबाट रोजगारीका लागि दुवई पुगेका अमन थापालाई क्याम्पबाटै अपहरण गरी कुटपिट गरेका थिए। कुटपिटपछि ती युवालाई सबै नेपाली मिलेर उद्धार गरेका थिए।

    उपाध्याय जेल परेपछी उनलाई रिहाइ गर्न भन्दै कतिपय सामाजिक अभियान्ताले मोटो रकम लिएर अर्को ठगी धन्दा सुरु गरेको चर्चा युएईमा हुने गरेको छ ।

    आफ्नो ठगीधन्दा सञ्चारमाध्यमलाई खबर दिएको भन्दै उपाध्याय समूहले निर्दोष युवालाई अपहरण गरेका थिए। दुवई प्रहरीले पक्राउ गरेपछि उपाध्यायलाई केही बेर हिरासतमा राखेको थियो। राहदानी नियन्त्रणमा लिएर उनलाई प्रहरीले शुक्रबार नै छाडेको छ। मानव तस्करीका नाइके तथा त्रिनेत्र म्यानेजमेन्ट एण्ड कन्सल्टेन्सिजका मालिक समेत रहेका उनले नेपालमा आफ्ना दलालहरुमाथि दुवईमा भएको नेपालीको सूचना लिएका थिए।सञ्चारमाध्यममा प्रकाशित बैंक भौचरका आधारमा दलालहरुले थापाको परिवारलाई धम्क्याएर सूचना लिएका थिए।

    कोमलराजले मानव तस्करी गरेर युएई पुराइ दुबईमा अलपत्र परेका नेपालीहरु ।

    त्रिनेत्र म्यानेजमेन्टको नाममा दुवई पुगेका ६५ जना नेपाली एउटै क्याम्पमा भेटिएका थिए। ती नेपाली बिचल्लीमा परेपछि उद्धारका लागि नेपाल सरकारसमक्ष अनुरोध गरिएको थियो। सोही अनुरुप उपाध्ययलाई दुबईमा पक्राउ गरिएको थियो । लामो समय दुबई जेलमा राखेर उनलाई नेपाल डिपोर्ट गरिएको हो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ३ हप्ता अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    २ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    २ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.