काठमाण्डौँ । ‘रुन्छ यो मन’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सी.डी. विजय अधिकारी, प्रताप दास र रन्जिता प्रसाईको सुमधुर स्वर रहेको यस गीतमा शिशिर भण्डारीले शब्द भरेका छन् । वर्तमान समयमा नेपालीले भोगिरहेको अवस्थालाई म्युजिक भिडियोमा चित्रण गरिएको छ । सन्तोष राजबाहकको निर्देशन रहेको भिडियोमा शिशिर भण्डारीसंगै रश्मी भण्डारी, शंकर श्रेष्ठ, समिक्षा क्षेत्री र सबिना खड्काको अभिनय देख्न सकिन्छ। नरेश बि.सि.को मास्टरीङ्ग र मिक्सिङ्ग रहेको यस गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ । यस्तै सरिता प्रजापतिको मेकअप, ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकन र डीनसोन शाहको सम्पादन रहेको छ ।
म्युजिक भिडियोले दर्शकको राम्रो साथ र माया पाईरहेको शंकर श्रेष्ठले बताए । श्रेष्ठ युएईमा रहेर व्यवसायसँगै म्युजीक भिडियोमा समेत अभिनय गदै आएका छन् ।
भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस् ।
