युएई । अल अहलिया एक्सचेन्ज युएईले आफ्ना ग्राहक लक्षित विन्टर प्रोमोसन योजना सार्वजनिक गरेको छ । अक्टोवर १२ देखि फेब्रवरी ८ तारिखसम्म चल्ने यो प्रोमोसनमा सहभागी ग्राहकले १० वटा लक्जरी कार जित्न सक्ने एक्सचेन्जका बजार व्यवस्थापक सुर्दशन जोशीले जानकारी दिए ।
मंगलबार एक्सचेन्जको मुख्य कार्यलय आबुधाबीमा पत्रकार सम्मेलन गरी प्रोमोसनका बारेमा जानकारी गराइएको हो ।
प्रोमोसनमा सहभागी बिजेताको पहिलो लक्की ड्र आगामी डिसेम्बर १३ तारिख दुबइमा खुल्नेछ । उक्त लक्की ड्र इलेक्ट्रोनिक मेसिनबाट गरिने एक्सचेन्जले जनाएको छ । यस्तै अन्य लक्की ड्र १२ फेब्रवरी आबुधाबीमा , १३ फेब्रवरी सारजहा , १४ फेब्रवरीमा दुबइ र अलकुजमा हुनेछ ।

१ सय २० दिनसम्म चल्ने प्रोमोसन अवधीमा एक्सचेन्जको युएईमा रहेका कुनैपनि शाखाबाट पैसा पठाउने ग्राहकको नाम स्वत लक्की ड्रमा जाने जोशीले बताए ।
अल अहलिया एक्सचेन्जले हरेकवर्ष आफ्ना ग्राहक लक्षित विभिन्न योजना सार्वजनिक गर्दै आएको छ । १९९६ मा स्थापना भएर संचालनमा आएको एक्सचेन्जको युएईमा ३० वटा भन्दबढी शाखाहरु छन् । अल अहलिया एक्सचेन्ज नेपालसहित भारत, पाकिस्तान, बंगलादेश,फिलिपिन्स, अफ्रिका , श्रींलका लगायतका अन्य मुलुककालागी विदेशबाट रेमिट गरी स्वदेश पैसा पठाउन भरपर्दो माध्यम बन्दै आएको एक्सचेन्जका नेपाल प्रमुख वेनीमाधव ढकालले बताए ।

गतवर्षको समर सिजनको प्रोमोसनमा लमजुङका लक्ष्मण श्रेष्ठले आधा किलो सुन उपहार जितेका थिए । यस्तै अन्य धेरै नेपालीले उपहार जित्दै आएका छन् ।
वैदेशिक रोजगारीमा कमाएको रकमलाई सुरक्षित र वैधानिक तरिकाले स्वदेशमा पठाउन एक्सचेन्जले हरेक वर्ष यस्ता योजना ल्याउने गरेको छ ।
यसअघिका योजनामा धेरै जना नेपालीले उपहार जितेको हुदाँ यस योजनामा सहभागी हुन एक्सचेन्जका जनरल म्यानेजर कमल सुब्बाले आग्रह गरेका छन् ।

