दुबई । गैर आवासीय नेपाली संघ (एनआरएनए)को सचिव पदमा मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले उम्मेदवारी घोषणा गरेका छन । दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन ।

हाल मध्यपूर्व क्षेत्रको संयोजक रहेका उनले मध्यपूर्वको नेतृत्व गर्दै गर्दा पाएको अवसर र विश्व यात्राले विश्वभर रहेका नेपालीहरूलाई एकताको सूत्रमा बाँधेर सबैको सर्वाङ्गीण हितका लागि प्रेरित गरेको बताए ।

वैदेशिक रोजगारीका लागि युरोप, अफ्रिका, अमेरिका, अस्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथा भन्दा फरक नरहेको श्रेष्ठको भनाई छ।

विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने श्रेष्ठले दावी गरे । उनले भने ,’विश्वभरका एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यस पटक आफूले अपेक्षित नतिजा प्राप्त गर्ने कुरामा ढुक्क छु।’

सन् २००७ देखि निरन्तर एनआरएनए अभियानमा सक्रिय उनी एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य, मध्यपूर्व उपसंयोजक हुँदै हाल मध्यपूर्व संयोजक भएर काम गरिरहेका छन ।

श्रेष्ठले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै कैयौंपटक सरकारको ध्यानाकर्षण समेत गराउनुभएको छ।
प्रचारमुखी नभई कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको श्रेष्ठले बताए । आफूले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यस पटक सचिवमा उम्मेदवारी दिएको र जीत सुनिस्चित भएको श्रेष्ठको भनाइ छ ।
श्रेष्ठ सामाजिक रुपमा अन्य संघसस्था सँग पनि हातेमालो गर्न सक्ने ब्याक्तिको रुपमा चिनिन्छन । श्रेष्ठले नेपालमा भूकम्प जादा , बाढी पहिरो , तथा आपतकालिन अवस्थामा गरिने सस्थागत सहयोगमा सकृय सहभागीता जनाउदै आएका छन । उनले युएईमा हुने खेलकुद तथा अन्य गतिबिधिमा पनि एनआरएनलाई सकृय पूर्ण सहभागीता गराउदै आएका छन ।
