काठमाडौँ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३९ दशमलव ४८ अङ्कले बढेको छ । नेप्से बढेसँगै दुई हजार सात दशमलव ०६ अङ्कमा कायम भएको छ ।
नेप्सेका अनुसार आज दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिदबिक्री हुँदा एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको छ ।
जलविद्युत समूहको उपसूचक सबैभन्दा धेरै तीन दशमलव ६२ प्रतिशत र वित्त समूहको उपसचूक तीन दशमलव २० प्रतिशतले बढेको छ ।
बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै शुभम पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ शमलव ८६, अरुण काबेली पावर लिमिटेडको नौ दशमलव ०३ प्रतिशत र अपि पावर कम्पनी लिमिटेडको शेयर मूल्य आठ दशमलव २९ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै आठ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक लिमिटेडको सात करोड ९३ लाख २५ हजार तीन सय ४७ बराबरको शेयर किनबेच भएको छ । यो साता शेयर बजारमा तीव्र उतारचढाव देखिएको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण ३० खर्ब चार अर्ब ६२ करोड ५२ लाख ३८ हजार तीन सय २६ पुगेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Facebook Comments Box
