Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित
    आर्थिक

    बैंकमा रहेको सर्वसाधारणको पैसा सुरक्षित

    हालखबर अनलाइनBy हालखबर अनलाइन८ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं । जेनजीले मंगलबार गरेको प्रदर्शनका कारण बैंक तथा वित्तीय संस्थाहरूमा पनि भौतिक क्षति भएको छ । आक्रोशित प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा बैंक तथा वित्तीय संस्थाका केही शाखा कार्यलयमा क्षति पुगेको हो ।

    प्रदर्शनकारीले बैंक तथा वित्तीय संस्थाका कार्यलयमा आक्रमण गर्दा भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भने नभएको छाता संगठनका प्रतिनिधिले बताएका छन् ।

    बैंक तथा विकास बैंकहरूका केही शाखा कार्यलयमा तोडफोड भए पनि ढुकुटीसम्म पुगेर नगद लुटपाट नै गरेको भन्ने जानकारी हालसम्म नभएको नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले बताए ।

    मंगलबार राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा तोडफोड र लुटपाट गर्न खोजिए पनि नेपाली सेनाका कारण मानवीय र नगद नोक्सानी नभएको उनले बताए ।

    त्यसैगरी केही स्थानका एटीएम मेसिन तोडफोड गरी नगद झिक्न खोजिए पनि त्यो असम्भव हुने भएकाले नगदको नोक्सानी हुनबाट बचेको कोइरालाको भनाइ छ ।

    उनका अनुसार हालसम्म कुनै पनि बैंकको कार्यलयबाट नगद लुट्ने खालको गतिविधि भएको छैन । कार्यालयका झ्यालढोका फुटाउने तथा फर्निच तोडफोड भने भएका छन् ।

    मंगलबारको प्रदर्शनका कारण के कस्ता क्षति भयो भन्ने यकिन जानकारी नआइसकेको उनले बताए ।

    ‘बैंकका कार्यलयमा कर्मचारीहरू पनि नभएको र के कस्तो क्षति भएको छ भनेर अनुमान गर्न पनि सम्पर्क गरेर जनकारी लिने अवस्था नभएकाले क्षतिको विवरण आउन सकेको छैन,’ उनले भने ।

    बैंकका कार्यलयमा भएको क्षतिका सन्दर्भमा बुधबार मात्रै संकलन सुरु गरेको उनको भनाइ छ । ‘हालसम्म नगद नै क्षति भएको भन्ने आएको छैन, तोडफोड भने भएको छन्,’ उनले भने ।

    कतिपय सरकारी कार्यालयका छेउमा भएका बैंकका शाखाहरूमा बढी तोडफोड भएको उनले बताए । बैंकिङ क्षेत्रमा भएको क्षतिको विवरण खोज्ने काम सुरु भएको उनको भनाइ छ । दसौं हजार कर्मचारीलाई घरतिर पठाएकाले पनि विवरण संकलनमा केही जटिलता आएको उनले बताए ।

    त्यसैगरी डेभलपमेन्ट बैंकर्स संघले पनि मंगलबारको आन्दोलनको असरबारे बुधबार बिहान छलफल गरेको छ । डेभलपमेन्ट बैंकहरूमा पनि मंगलबारको आन्दोलनबाट खासै क्षति नभएको संघको निष्कर्ष छ ।

    संघ कोषध्यक्ष कपिल ढकालका अनुसार क्षति भएको हुन सक्ने अनुमान गरिए पनि त्यसको विवरण के कस्तो छ भनेर छलफल गर्दा खासै नोक्सान नभएको जानकारी आएको बताए ।

    आन्दोलकारीहरूको उद्देश्य बैंकहरूमै आक्रमण गर्ने नदेखिएकाले पनि क्षति नभएको उनको भनाइ छ । ‘अब यो गाउँपालिका अध्यक्ष, उपाध्यक्षको घरहरू भएको ठाउँमा घर जलाउँदा बैंक पर्ने छुट्टै भयो,’ ढकालले भने, ‘विकास बैंकहरूमा पनि सामान्य भौतिक क्षति भए पनि मानवीय र नगद क्षति भएको छैन ।’

    मंगलबारको प्रदर्शनमा सिंहदरबार सहित अधिकांस सरकारी कार्यलयमा तोडफोड र आगजनी भएको छ । त्यसका साथै केही उद्योग तथा व्यवसाय, उद्योगीका निवासमामा पनि आगजनी तोडफोड भएको छ ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.