Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 26
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई»हुण्डी कारोबारमा संलग्न नहुन यूएई र कुवेतस्थित नेपाली दूतावासको आग्रह
    यूएई

    हुण्डी कारोबारमा संलग्न नहुन यूएई र कुवेतस्थित नेपाली दूतावासको आग्रह

    रुपेश अधिकारीBy रुपेश अधिकारी४ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    आबुधाबी र कुवेतस्थित नेपाली दूतावासले त्यहाँ कार्यरत नेपाली नागरिकलाई हुन्डी तथा अवैध रूपमा पैसा पठाउने -ल्याउने कारोबारमा संलग्न नहुन आग्रह गरेको छ।

    दूतावासले मंगलबार जारी गरेको सुचनामा हुण्डी कारोबार यूएई तथा नेपालको कानुन विपरीत रहेको उल्लेख गर्दै यसमा संलग्न भएमा कडा कानुनी कारबाही, जरिवाना, जेल सजाय तथा देश निकाला समेत हुन सक्ने जनाएको छ।

    दूतावासका अनुसार पछिल्लो समय केही नेपाली नागरिक हुण्डी कारोबारमा संलग्न भएको सूचना प्राप्त भएको छ ।नेपालको सम्पति शुद्धीकरण तथा आंतककारी कार्यमा वितिय लगानीका लागि हुण्डीको कारोबार हुने गरेको छ । वैधानिक बैंक तथा आधिकारिक रेमिटेन्स माध्यमबाट मात्रै पैसा पठाउन र प्राप्त गर्न दूतावासले सबैलाई अनुरोध गरेको छ।


    साथै, दूतावासले कुनैपनि शंकास्पद गतिविधिबारे जानकारी पाएमा दूतावास वा सम्बन्धित निकायमा सूचित गर्न पनि आग्रह गरेको छ। यसले नेपाली समुदायको प्रतिष्ठा जोगिनुका साथै व्यक्तिगत सुरक्षा र कानुनी जोखिमबाट बच्न मद्दत पुग्ने दूतावासको भनाइ छ। यूएईमा  रोजगार तथा भिजिट सहित करिब ७ लाख नेपाली  रहेको तथ्यांक छ ।

    यूएईमा बढ्दो नेपाली संख्या र व्यापार–व्यवसायसँगै हुण्डी कारोबार हुने गरेको तथ्य सार्वजनीक हुदै आएको छ । हुण्डी कारोबार रोक्न यहाँ रहेको नेपाली बैक तथा वितिय क्षेत्रमा कार्यरत प्रतिनिधीले विभिन्न सचेतनाका कार्यक्रम समेत गदै आएका छन् ।


    कामदार कार्यरत क्याम्प, घुम्ती शिविर, विभिन्न संघसंस्थाले आयोजना गर्ने कार्यक्रम तथा दुतावासमा हुने कार्यक्रममा समेत वैधानीक माध्यमबाट नेपालमा पैसा पठाउने र रेमिट्यान्सका बारेमा सचेत गराउने गरिएको यहाँ रहेका बैंकका प्रतिनिधी बताउछन् ।

    दुतावासले जारी गरेको सुचना ।

    Facebook Comments Box

    Author

    • रुपेश अधिकारी
      रुपेश अधिकारी

      झापा स्थायी घर भएका अधिकारी यूएईमा रहेर पत्रकारिता गर्दै आएका छन् । उनीसँग नेपालमा हुँदा रेडियो र विभिन्न पत्रपत्रिकामा काम गरेको अनुभव पनि छ ।

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    नेपाल- जापान ७० औँ वर्षगाँठ, राष्ट्रपति पौडेल जापानमा

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.