Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Saturday, April 25
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»आर्थिक»पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकाे थिम्पु जान व्यावसायिक उडान
    आर्थिक

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानकाे थिम्पु जान व्यावसायिक उडान

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    फाइल तस्विर
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    कास्की – भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ ।

    भुटानको राजधानी थिम्पुमा रहेकाे पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको जहाज यहाँबाट ८ बजेर १५ मिनेटमा ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।

    चार्टर्ड उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवचन्द्रलाल कर्णले जानकारी दिनुभयाे । उहाँले नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एअरले तिरेको बताउनुभयाे ।

    भुटानको पारो विमानस्थलबाट शनिवार बिहान ५ बजेर ५५ मिनेटमा उडेको ड्रुक एअरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४० मिनेटमा अवतरण भएको थियो । १ सय ५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किँदा ४२ जना यात्रु फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १/१ जना थिए ।

    पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका उहाँले बताउनु भयाे । ड्रुक एअरका पाइलट भुटानको वरिष्ठ पाइलट भएको र जहाज ल्याण्डिङ गर्दा उत्कृष्ट लागेको प्रतिक्रिया दिएको कर्णले बताउनुभयाे ।

    पोखराबाट भुटान जाने पर्यटक नेपालमा चार दिन पहिले आएका थिए । अमेरिकन पर्यटकहरु हेलिकप्टरमा घुम्ने, महँगा होटल, रिसोर्टमा बस्ने र साहसिक गतिविधिमा भाग लिने गरेका थिए । नेपालमा प्याकेज बनाएको ट्राभल एजेन्सीका अनुसार चार्टर्ड जहाजमा फर्किएका पर्यटकले दिनमै ७/८ सय डलरसम्म खर्च गरेका थिए । उनीहरुले चार दिनमा नेपालमा मात्रै करिब साढे २ करोड रुपैयाँ खर्च गरेका ट्राभल एजेन्सी प्रतिनिधि हेमन्तराज कोलाक्षपतिले जानकारी दिनुभयाे ।

    भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषद्ले एअरपोर्टमा स्वागत गरेको थियो भने जानेलाई बिदाइ गरेकाे थियाे । विमानस्थलमा आउने र जाने पर्यटकलाई गण्डकी प्रदेशका पर्यटनमन्त्री दिपेन्द्रबहादुर थापा, पोखराका मेयर धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठलगायत पर्यटन व्यवसायीहरुले स्वागत र बिदाइ गरेका छन् ।

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गएकाे असार ६ गते बुधवार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एअरलाइन्सको एअरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    हुण्डी कारोबारमा संलग्न नहुन यूएई र कुवेतस्थित नेपाली दूतावासको आग्रह

    ४ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.