Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Sunday, April 19
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»भिजिट भिसामा जान स्थानीय तहको ‘सिफारिस’, यथार्थ के हो?
    मध्यपूर्व गतिविधि

    भिजिट भिसामा जान स्थानीय तहको ‘सिफारिस’, यथार्थ के हो?

    हालखबर अनलाइनBy हालखबर अनलाइन३ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    ‘भिजिट (भ्रमण) भिसामा विदेश जानेहरूले स्थानीय तहको सिफारिस लिनुपर्ने’ भन्ने विभिन्न विवरणहरू सार्वजनिक भएपछि त्यस्तो प्रस्तावको आलोचना भइरहेको छ। सर्वसाधारणदेखि पर्यटन व्यवसायीहरूले त्यस्ता प्रावधानले निम्त्याउने झन्झट औँल्याउँदै त्यस्तो व्यवस्था भयो भने पर्यटन व्यवसायलाई नै धक्का पुर्‍याउने बताएका छन्।

    यद्यपि सरकारी अधिकारीहरू भने यी विषयहरू “हालसम्म छलफलको चरणमा मात्र रहेको” बताउँछन्। सरकारको उक्त योजनाबारे मिडियामा समाचार छापिएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

    अध्यागमन विभागका निर्देशक खिमराज भुसालले कार्यविधि संशोधनको प्रमुख उद्देश्य पूराना तथा अस्पष्ट कानुनहरूलाई अद्यावधिक गरी स्पष्ट पार्नु रहेको बताए।

    “भिजिट भिसाको नयाँ कार्यविधि बनाउँदै छौँ। त्यसको मस्यौदा गृह मन्त्रालयमा पठाएका छौँ। त्यो स्वीकृत भइसकेको छैन। त्यसैले छलफलको चरणमा रहेको विषयबारे थप चर्चा गर्नुको औचित्य नै छैन,” अध्यागमन विभागका निर्देशक खिमराज भुसालले भने।

    उनले उक्त कार्यविधि “गृह मन्त्रालय तथा विभागको चरणबद्ध छलफलपछि केही समयमा पारित हुने” जानकारी दिए। हाल अध्यागमन कार्यविधि २०६५, अध्यागमन नियमावली २०५१ र अध्यागमन ऐन २०४९ विद्यमान छन्।

    संसद्मा पठाइएको नयाँ ऐन राष्ट्रिय सभाबाट पारित भएको छैन। यसबीचमा भ्रमण भिसासम्बन्धी समस्याहरू देखिएको तर स्पष्ट कानुन नहुँदा सेवाग्राही साथै कर्मचारीहरू अन्योलमा परेको उनको भनाइ छ।


    “हाम्रा कानुनहरू निकै पुराना भए। तिनमा जनाइएका कैयौँ प्रावधानहरू स्पष्ट भएनन्। जस्तै: घुम्न जान चाहनेसँग कुनै कागज मागिन्छ तर त्यो कागज कहाँबाट कसरी लिने तोकिएको हुँदैन। यस्तै अस्पष्टता मेट्न कार्यविधि संशोधन गर्ने हो। प्रक्रिया थप झन्झटिलो बनाउने उद्देश्य होइन,” भुसालले प्रस्ट्याए।

    अध्यागमन विभाग कार्यविधि, २०६५ को संशोधन प्रस्तावमा विदेश घुम्न जाने नेपालीले निश्चित रकम ब्याङ्क ब्यालेन्स देखाउन पर्ने प्रावधान राखिने विवरण सार्वजनिक भएका छन्।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    नेपाली मूलका धावक बाल जोशी वर्ल्ड म्याराथन च्यालेन्जमा सहभागी हुने, ७ दिनमा ७ महादेश दौडिने

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.