हा.अ. – चलचित्र विकास बोर्ड द्वारा गर्न लागिएको सम्मान द्वारा युएईमा कार्यरत दुई जना सम्मानित हुन लागेको बोर्डले जनाएको छ । चलचित्र बिकास बोर्डले आगामी मंगलबार गर्न लागेको सम्मानमा युएईमा बसेर मध्यपुर्वका देशहरुमा नेपाली चलचित्र वितरण गर्दै आएका रमेश ढकाल र एनआरएन युएईका नीवर्तमान अध्यक्ष ठाकुरप्रसाद ढुङ्गानालाई छनौट गरेको हो ।

ढकाल युएईमा नेपाली चलचित्र वितरण सगैं बिभिन्न व्यवसाय गर्दै रोजगारी समेत गर्दै आएका छन । त्यस्तै ढुङ्गाना बिभिन्न व्यापार व्यवसायमा संलग्न छन । ढुङ्गाना एनआरएन युएईको अध्यक्ष हुँदा दुबईमा नेपाली चलचित्र महोत्सवको आयोजना गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान समारोहका लागी छनौटमा परेका ब्याक्तिहरुको सूची जारी गर्दै बोर्डले आगामी मंगलबार रास्ट्रपतिको हातबाट “बिशेष योगदान सम्मान” द्वारा ढकाल र ढुङ्गानालाई सम्मान गर्न लागेको जनाएको छ ।

बोर्डले एक सूचना जारी गर्दै छनौटमा परेका ३७ जनाको नामावली प्रकाशन गरेको छ । विकास बोर्डले जारी गरेको सूचिमा दुई जनालाई चलचित्र दीर्घ साधना सम्मान र बाँकी ३५ जनालाई विभिन्न योगदान सम्मान द्वारा सम्मान गर्न लागेको उल्लेख छ ।
