Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    राष्ट्रपति कार्यालयले भन्यो : नयाँ प्रधानमन्त्रीको शपथ ९ बजे

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, October 17
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»पाल्पाली समाज यूएईद्वारा रक्तसञ्चार पाल्पालाई आर्थिक सहयोग
    मध्यपूर्व गतिविधि

    पाल्पाली समाज यूएईद्वारा रक्तसञ्चार पाल्पालाई आर्थिक सहयोग

    हालखबर अनलाइनBy हालखबर अनलाइन६ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    दुबई । पाल्पाली समाज यूएईले रक्तसञ्चार पाल्पालाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजले नेपाल रेडक्रस सोसाइटी, पाल्पा शाखाअन्तर्गतको रक्तसञ्चार सेवा प्रवर्धनका लागि एक लाख एक सय एघार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

    “हाम्रो ब्लड बैंक हामी बनाउँछौं” भन्ने नारासहित सुरु गरिएको महाअभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले वैदेशिक रोजगारीका लागि यूएईमा कार्यरत पाल्पालीहरूको समन्वयमा उक्त रकम हस्तान्तरण गरिएको हो।

    उक्त सहयोग राशिको हस्तान्तरण कार्यक्रम पाल्पा जिल्लास्थित रेडक्रस सोसाइटीको सभाहलमा सम्पन्न भएको थियो। कार्यक्रममा पाल्पाली समाज यूएईका तर्फबाट समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार वेदप्रसाद अर्याल, पूर्व संरक्षक गीतामणि पाण्डे, पूर्व महासचिव धनु क्षेत्री, पूर्व उपाध्यक्ष विष्णु बस्याल, पूर्व प्रवक्ता युबी भट्टराई तथा वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण तिमिल्सिना, कोषाध्यक्ष डिल्ली भट्टराई लगायतको उपस्थिति थियो।

    कार्यक्रमको अध्यक्षता वरिष्ठ उपाध्यक्ष कृष्ण तिमिल्सिनाले गर्नुभएको थियो भने कार्यक्रममा पाल्पाका राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सरकारी उच्च अधिकारी, पत्रकार महासंघका सदस्यहरू तथा नागरिक व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो।

    सन् २०१५ मा युएईको मरुभूमिमा, खजुरको रुखमुनि स्थापना भएको पाल्पाली समाज यूएईले हालसम्म पाल्पा जिल्लाका ६८ वटा आधारभूत विद्यालयमा करिब २० लाख रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरिसकेको छ।

    समाजले विगतमा नेपालमा आउने प्राकृतिक विपद् भूकम्प, आगलागी, महामारी लगायतका संकटमा राहत तथा पुनर्निर्माणमा सहयोग पु-याउँदै आएको छ। साथै, युएईमा कार्यरत नेपाली, विशेषतः पाल्पालीहरूलाई आइपर्ने समस्या, मृत्यु, बिरामीको उपचार तथा शव नेपाल पठाउने कार्यमा समेत समाजले निरन्तर सहयोग गर्दै आएको अध्यक्ष कैलास अर्यालले जानकारी दिनुभयो। – राजा बगरको सहयोगमा

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    यूएईस्थित नेपाली दूतावासकी उप–नियोग प्रमुखद्वारा संचारमन्त्रीलाई खुला पत्र

    २ हप्ता अगाडि

    विश्‍व च्याम्पियन वेस्ट इन्डिज नेपाल सामु निरिह, नेपालको नया इतिहास

    २ हप्ता अगाडि

    कोरियास्थित नेपाली दूतावासमा सीपयुक्त श्रमिक पठाउने मागपत्र प्रमाणीकरणका लागि आवेदन आएन

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    १ वर्ष अगाडि

    मानव तस्करी ‘गिरोह’का नाइके कोमलराजलाई दुबइमा पक्राउ गरी नेपाल ल्याइयो

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.