बुटवल — भारतको कानपुरमा सम्पन्न सातौं इन्डो-नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप २०२५ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेको तिलोत्तमा तेक्वान्दो डोजाङले टिमतर्फ दोस्रो स्थान हासिल गरेको छ।

अप्रिल २७ आईतवार सम्पन्न प्रतियोगितामा तिलोत्तमा डोजाङका खेलाडीहरूले उल्लेखनीय प्रदर्शन गर्दै ७ स्वर्ण, १ रजत र २ कास्य पदक जित्न सफल भएका हुन्।
डोजाङका प्रमुख विष्णु कुमार थारूका अनुसार प्रतियोगितामा कुल ४० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। तिलोत्तमाबाट १० जना खेलाडीहरू सहभागी भएका थिए।

स्वर्ण पदक ल्याउने पुरुष खेलाडीमा स्वास्तिक चौधरी (२३ केजी) उमेर समुहमा,हेमन्त चौधरी (२५ केजी), र भीम थारू (३३ केजी) — छन । त्यस्तै महिला तर्फ साया नेपाली (२१ केजी), ईभान्जलि परियार (३४ केजी),रबिना तामाङ (४० केजी) र अन्जनी चौधरी (४४ केजी) ले स्वर्ण पदक पाएका छन ।
त्यस्तै शिखा परियार (२८ केजी) ले रजत,शुभम जिएम (२३ केजी) र प्रिन्स थापा (४० केजी)ले कास्य पदक पाएका छन । तिलोत्तमा डोजाङको यो सफलता सँगै नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ मजबुत बनाउन सफल भएको छ।
