स्याङ्जा सहयोग समाज यूएईले १४ औँ वार्षिक उत्सव मसाफी फुजेरामा मनाउने भएको छ । यहि २६ जनवरी आइतबार फुजेरामा गर्न लागेको वार्षिक उत्सवमा बनभोज संगै विभिन्न सास्ंकृतिक कार्यक्रम गर्ने भएको छ।
स्याङ्जा सहयोग समाजले हरेक बर्ष आफ्नो बार्षिक उत्वस विभिन्न कार्यक्रम गरि मनाउदै आएको र यस बर्षपनि १४औं वार्षिक उत्सवसंगै बनभोजको आयोजना गरेको स्याङ्जा सहयोग समाज युएईका प्रवक्ता माधव न्यौपानेले बताए ।
आइतबार (भोली ) हुने बार्षिक उत्वसब तथा बनभोजको तयारी पुराभएको बताउदै प्रवक्ता न्यौपानेले युएई रहनुहुने सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन समेत अनुरोध गरेका छन् ।
सामाजीक एकता र सद्भाव कायम राख्दै स्याङ्जा सहयोग समाजले हरेक वर्ष यस्ता कार्यक्रम गदै आएको छ ।
साथै आर्थिक रूपमा समस्यामा परेका, आपतकालीन अवस्थामा रहेका, वा अन्य किसिमका समस्यामा परेका स्याङ्जालीहरूको सहायताका लागि सहयोग गर्ने गरेको छ।
