Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    ४ हप्ता अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    ४ हप्ता अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि
    Facebook Twitter Instagram
    Tuesday, April 21
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»समाज»भगवती माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव सम्पन्न
    समाज

    भगवती माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सव सम्पन्न

    हालखबर अनलाइनBy हालखबर अनलाइन१ वर्ष अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    जितेन्द्र खत्री । भगवती माध्यमिक विद्यालय, भूमिकास्थान नगरपालिका वडा नम्बर २ ढाकावाङ्ग कोटमैदानको ६३ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि भूमिकास्थान नगरपालिकाका नगर प्रमुख झबिलाल थापाले विद्यालय सुधारोन्मुख रहेकोमा खुशी व्यक्त गर्दै वर्तमान समयमा देश विद्यार्थीविहीन अवस्थामा पुग्न लागेकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले शिक्षा र स्वास्थ्य निशुल्क गर्न सके मात्र मुलुकको परिवर्तन सम्भव हुने बताउनुभयो। साथै, नगरपालिकाले शिक्षामा गरेको लगानी अनुसारको प्रतिफल नआएको भन्दै शिक्षा सुधारका लागि व्यापक छलफल आवश्यक रहेको औंल्याउनुभयो।

    नगर प्रमुख थापाले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न थुप्रै आधार भएकाले हरेक शिक्षकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो। सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन चुनौती रहेको बताउँदै उहाँले अभिभावक, शिक्षाप्रेमी र विद्यालयको हातेमालो अत्यावश्यक भएको बताउनुभयो। उहाँले गुणस्तरीय शिक्षा र उपचारको अभावले लाखौं नागरिक विदेशिन बाध्य भएको दाबी गर्दै यसको समाधानका लागि सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।

    उहाँले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने भन्दै अभिभावक र विद्यालय व्यवस्थापन समिति पनि जागरूक हुनुपर्नेमा जोड दिनुभयो। उहाँले सूचना तथा संचार प्रविधिको तालिम लिएर शिक्षकहरूलाई अद्यावधिक हुन आग्रह गर्दै तीनै तहका सरकारको सहयोगमा प्रविधिको प्रयोग अनिवार्य गर्नुपर्ने बताउनुभयो।

    कार्यक्रममा विशिष्ट अतिथि शिक्षा शाखा प्रमुख टुवलाल सापकोटा, पूर्व प्रधानाध्यापक कमलप्रसाद खनाल, विश्व माविका पूर्व प्रधानाध्यापक जुमलाल खनाल, अभिभावक संघका अध्यक्ष राजु सुनार, वडा सदस्य नारायणप्रसाद खनाल र शैक्षिक व्यक्तित्व जिवनारायण खनाललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

    कार्यक्रममा कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय हुने अनुशासित र जेहन्दार विद्यार्थीहरूलाई स्वर्गीय काबेरि खनाल र फर्सुराम खनाल अक्षयकोषबाट पुरस्कार वितरण गरिएको थियो।

    साथै, विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पनि पुरस्कार प्रदान गरिएको थियो।

    हाल विद्यालयमा २३९ जना विद्यार्थी अध्ययनरत छन् भने १२ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्। कार्यक्रममा वडा नम्बर २ भित्रका विद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका अध्यक्षहरूको उपस्थिति रहेको थियो।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन खुम थापाले गर्नुभएको थियो भने स्वागत मन्तव्य शिक्षक निता रानाले दिनुभएको थियो। कार्यक्रमका क्रममा प्रधानाध्यापक विष्णुप्रसाद बेल्वासेले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको वर्तमान अवस्थाबारे जानकारी गराउनुभएको थियो।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    ४ हप्ता अगाडि

    इरानमा नेपाली कति छन् ? उनीहरु के भन्छन् ?

    ३ महिना अगाडि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    ३ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ५ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.