Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि
    Facebook Twitter Instagram
    Friday, April 24
    Facebook Twitter Instagram
    Halkhabar Online
    • राजनीति
    • समाज
    • ब्लग
    • आर्थिक
    • श्रम/रोजगार
    • उर्जा/पर्यटन
    • साहित्य
    • विश्व
    Halkhabar Online
    Home»मध्यपूर्व गतिविधि»यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह
    मध्यपूर्व गतिविधि

    यूएई जान चाहिने प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रशारित तथा प्रकाशित समाचार गलत: पररास्ट्र मन्त्रालय, हटाउन औपचारिक आग्रह

    हालखबर अनलाइनBy हालखबर अनलाइन४ महिना अगाडि2 Mins Read
    Facebook Twitter Pinterest LinkedIn Tumblr Email
    Share
    Facebook Twitter LinkedIn Pinterest Email

    काठमाडौं। यूएई जान प्रहरी रिपोर्ट र प्रमाणीकरण शुल्क बारे प्रकाशित तथा प्रसारित समाचार बारे पररास्ट्र मन्त्रालयले कडा रुपमा खण्डन गर्दै हटाउन औपचारिक् खण्डन गरेको छ। मन्त्रालयले प्राइम टेलिभिजनमा ३१ डिसेम्बर र ४ जनवरी २०२६ मा प्रसारित दुई समाचार सामग्रीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै ती सामग्री भ्रामक, कपोलकल्पित र आधारहीन रहेको स्पष्ट पारेको हो।

    उक्त टेलिभिजनले प्रसारण गरेका “प्रहरी रिपोर्टको नाममा लूट: भिषा अघि नै ठगी, राजदूत र सचिवको सेटिङ?” र “२५५ करोडको लुटधन्दा, युएई जानेको रगत चुस्दै” शीर्षकका रिपोर्टहरूले नेपाल–संयुक्त अरब इमिरेट्स (युएई) बीचको द्विपक्षीय सम्बन्धमा समेत नकारात्मक असर पार्ने किसिमको आरोप लगाएको भन्दै मन्त्रालयले कडा शब्दमा खण्डन गरेको हो।

    मन्त्रालयका अनुसार, यूएई भिसा आवेदन प्रक्रियामा आवश्यक पर्ने चालचलन प्रमाणपत्र (Police Clearance Certificate) संकलन, प्रमाणीकरण र वितरणको कार्य युएई सरकारको स्वीकृत निजी सेवा प्रदायक कम्पनी VFS Globalमार्फत हुँदै आएको हो। सो सेवाको दस्तुर निर्धारण पूर्ण रूपमा यूएईको क्षेत्राधिकारभित्र पर्ने र यस प्रक्रियामा नेपाल सरकारका कुनै पनि निकाय वा अधिकारीको संलग्नता नरहने व्यहोरा काठमाडौंस्थित यूएई दूतावासले समेत स्पष्ट पारेको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले पछिल्लो समय नेपालमा भएको Gen-Z आन्दोलनपछि यूएईले नेपाली राहदानीवाहकलाई भिसा जारी गर्न अस्थायी कडाइ गरेको अवस्थामा, सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था तथा निकायहरूको अनुरोधबमोजिम, चालचलन प्रमाणपत्र अनिवार्य गराएर भिसा पुनः सुचारु गरिदिन परराष्ट्र मन्त्रालयले यूएईसमक्ष कूटनीतिक पहल गरेको र सोही अनुरोधअनुसार मित्रराष्ट्र यूएईले हालको भिसा व्यवस्था लागू गरेको समेत स्पष्ट पारेको छ।

    यस संवेदनशील र सुस्पष्ट कूटनीतिक पहललाई तोडमोड गरी राज्यका जिम्मेवार निकाय र उच्च पदस्थ अधिकारीमाथि आधारहीन लान्छना लगाइएको भन्दै मन्त्रालयले यस कार्यलाई अत्यन्त निन्दनीय भनेको छ।

    मन्त्रालयले सम्बन्धित प्रसारण संस्था र आरोप लगाउने सामाग्री तयार पार्ने र प्रसारण गर्ने व्यक्तिलाई जिम्मेवार, उत्तरदायी र संवेदनशील बन्न आग्रह गर्दै, भ्रामक सामग्री यथाशीघ्र हटाउन र औपचारिक खण्डन प्रसारण गर्न अनुरोध गरेको छ।

    साथै, अन्तर्राष्ट्रिय सम्बन्धजस्तो अत्यन्त संवेदनशील विषयमा समाचार निर्माण र प्रसारण गर्दा, पत्रकार आचारसंहिता, व्यावसायिक मर्यादा र सत्यतथ्यमा आधारित हुनुपर्नेमा जोड दिँदै, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित सबै पक्षको धारणा समेट्न समेत मन्त्रालयले मिडियालाई आग्रह गरेको छ।

    मन्त्रालयले वैदेशिक रोजगारीलाई सहज, सुरक्षित र मर्यादित बनाउन सरकार सदैव समन्वय र सहजीकरणमा तत्पर रहेको पनि जनाएको छ।

    Facebook Comments Box

    Author

    • हालखबर अनलाइन
      हालखबर अनलाइन

      View all posts

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email

    सम्बन्धित सामग्री

    शुक्रवार मध्याह्न १२ बजेर ३४ मिनेटमा लिनेछन् बालेनले प्रधानमन्त्रीको शपथ

    १ महिना अगाडि

    प्रतिनिधि सभाका ज्येष्ठ सदस्यका हैसियतमा केसीले चलाउनेछन् संसद् बैठक

    १ महिना अगाडि

    दमकमा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता आयोजना

    १ महिना अगाडि

    Leave A Reply Cancel Reply

    Demo
    चर्चित खबर

    रुन्चे गायक पौडेलको गायन यात्राको २५ वर्ष : ‘बुढा बुढी मिलेको’ गीत सार्वजनिक

    ६ महिना अगाडि

    भिजिट भिसाबारे नयाँ कार्यविधि, तोकियो अनिवार्य कागजात र शर्त

    २ वर्ष अगाडि

    युएईमा आएको बाढीमा परी एक नेपालीको मृत्यू

    २ वर्ष अगाडि
    हाम्रो बारे
    हाम्रो बारे

    मध्यपूर्व क्षेत्रमा भएका गतिविधिलाई प्राथमिकता दिँदै देश, विदेशका समग्र हालखबर पस्कने थलो हालखबर अनलाइन ।

    सम्पादकः
    Email Us: halkhabaronline@gmail.com
    Contact: +977-

    Facebook Twitter
    Our Picks
    New Comments
    • लोकेन्द्र पालुङ्वा on ताप्लेजुङ् सेवा समाज युएई द्वारा दुबईमा बनभोज कार्यक्रम सम्पन्न
    • iGlEryMoQHUYS on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  
    • कुवेतमा ३ नेपालीको ज्यान गएको घटना बारे श्रममन्त्री अर्यालको चासो - Halkhabar Online on कुवेतमा एकै दुर्घटनामा परि ३ जना नेपालीको मृत्‍यु  

    Type above and press Enter to search. Press Esc to cancel.