यूएई । आबुधावीमा रहेको एमटी ८८४८ नेपाली रेस्टुरेन्टले गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ । रेस्टुरेन्टले हरेक बर्ष आफ्नो आम्दानीको केही प्रतिशत सामाजिक सेवामा प्रदान गर्ने उद्देश्य अनुरुप यस् पटक अर्घाखाँचीको छत्रदेव ३ बल्कोटका सामुदायिक बिधालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।
यूएईको आबुधावीमा ब्यवसाय गरिरहेका तनहुँका युवा व्यवसायी श्रेष्ठ दम्पतीले अर्घाखाँचीको बल्कोटमा रहेका ५ वटा सामुदायीक बिधलायमा अध्यनरत ५५ जना बालबालिकालाई न्यानो कपडा स्वरुप रेस्टुरेन्टको लोगो अन्कित ट्याकसुट प्रदान गरेका हुन ।
तनहुँ घरभई अबुधावीमा व्यवसाय गरिरहेका सोनाम श्रेष्ठ र महेश श्रेष्ठ दम्पतीले पछीलो केही बर्ष यता बालबालिका लागि खाध्य सामाग्री, कपडा र शैक्षिक सामाग्री प्रदान गर्दै आएका छन ।
तनहुँमा जन्मेर आबुधावीमा रेस्टुरेन्ट संचालन गर्दै आएकी ब्यवसायी सोनाम नेपाल एसोसीएसन ( एनआरएन एनसीसी ) यूएईकी उपाध्यक्ष समेत हुन । श्रेष्ठ दम्पतीले अघिल्लो बर्ष व्यास १० बैरेनीमा रहेको उज्यालो बालगृहमा रहेका बालबालिका लागि खाध्य सामाग्री, कपडा र शैक्षिक सामाग्री प्रदान गरेका थिए । श्रेष्ठ दम्पतीले त्यस अघी व्यास १३ बेलवास स्थित सिद्धबेनी आधारभूत बिद्यालयमा अध्ययनरत २० जना बालबालिकाहरुका लागि ६५ हजार रुपैया बराबरको शैक्षिक सामाग्री प्रदान गरेका थिए ।
श्रेष्ठ दम्पतीले रेस्टुरेन्ट सुरु गरेको पहिलो बर्ष पुरा भएको तथा आफुहरुको बैबाहिक बर्षगांठको अवसर पारेर युएईमा रहेको बल्कोट (अर्घाखाँची) संपर्क समाज यूएई मार्फत बल्कोटका बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्ने अभियानमा ३५ हजार ७ सय ५० प्रदान गरेको समाजका अध्यक्ष उमाकान्त पाण्डेले जानकारी दिए ।