साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । बजार परिसूचक नेप्से १३ दशमलव ९५ अंक बढेर २७४८ दशमलव ७८ विन्दुमा पुगेको छ ।
बजार बढेसँगै बिहीबार कारोबार रकम पनि बढेको छ । बिहीबार २ करोड १६ लाख कित्ता शेयर १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ । गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा रावा इनर्जीको शेयरमूल्य सर्वाधिक ९ दशमलव १२ प्रतिशत घटेको छ ।
नेप्सेमा रहेका १३ उपसमूह मध्ये सात वटा बढेका छन् भने ६ वटा उपसमूह घटेका छन् । कारोबार रकमका आधारमा आज जानकी फाइनान्सको सर्वाधिक ३५ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
Facebook Comments Box