सुनको मूल्य हालसम्मकै महँगो भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा सुनको मूल्यमा उच्च वृद्धि भई कीर्तिमान कायम गरेको छ । बुधबार प्रतितोला दुई हजार दुई सय रुपैयाले वृद्धि भई एक लाख ७० हजार सात सय रुपैँयामा कारोबार भएको छापावाला सुन बिहिबारका लागि भने एक लाख ७१ हजार रुपैँया निर्धारण भएको छ ।
बुधबारको तुलनामा आज प्रतितोला तीन सय रुपैँयाले वृद्धि भएको हो ।
यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैँयाले घटेको छ । बुधबार प्रतितोला दुई हजार एक सय २० रुपैँयामा कारोबार भएको चाँदी आजका लागि दुई हजार ९० रुपैँया निर्धारण भएको छ ।
Facebook Comments Box
