दुबई । दुबईमा तिहार (दिपावली)को अवसर पारेर दिपावली सांझ हुने भएको छ । दुबईको अलकुजमा रहेको याक एन्ड यती नेपाली रेस्टुरेन्टको मुख्य प्रायोजनमा देउसी भैलो तथा दिपावली सांझ आयोजना गर्न लागिएको हो ।
मौलिक सास्कृतिक प्रस्तुती सालैजो, मारुनी, सोरठि,लाइभ बाजा, लाइभ दोहोरी सहित कार्यक्रमको तयारी गरिएको कार्यक्रम सम्योजक कमल जङ्ग कार्कीले जानकारी दिनुभयो ।
आगामी आईतवार (२७ अक्टोबर) बर दुबईमा रहेको क्लब एभरेष्टमा हुने कार्यक्रममा युएईमा रहेका थुप्रै नेपाली कलाकारहरुको संयुक्त प्रस्तुति रहने कार्यक्रमका सह-सम्योजक सुरिन भुजेलले बताउनुभयो ।

Facebook Comments Box